जथाभावी बाटो काट्नेलाई समातेर सडकमै प्रहरीको प्रशिक्षण



नेपाल समाचारपत्र, काठमाडौँ ।

काठमाडौंमा जथाभावी बाटो काट्नेलाई प्रहरीले नियन्त्रणमा लिने घोषणा गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आकाशे पुल र जेब्राक्रस भएको ठाउँमा जथाभावी बाटो काट्नेलाई समातेर २ घण्टा लामो प्रशिक्षण दिने नयाँ नियम ल्याएको छ ।

उपत्यकाका कोटेश्वर, ठिमी, नयाँबानेश्वर, थापाथली, पूरानो बसपार्क, केशहरमल, सिंहदरबार,गौशाला, महाजगञ्ज, कालीमाटी र जावलाखेलमा जथाभावी बाटो काट्ने यात्रु समाउन ट्राफिक प्रहरी परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । पैदल यात्रुलाई सचेतना दिन पहिलो चरणमा यस्तो व्यवस्था लागु गरेको प्रहरी भनाई छ ।

यसअघि गत वर्ष जेठ १६ गतेदेखि ट्राफिकले जथाभावी बाटो काट्ने यात्रुलाई २ सय रूपैँया जरिवाना तिराउने र ३ घन्टा प्रहरी नियन्त्रणमा बस्नुपर्ने नियम ल्याएको थियो।त्यो नियम लागु भएको १५ दिनपछि नै हटाइएको थियो।

प्रतिक्रिया दिनुहोस्