उपत्यकामा दिनदहाडै हतियार किनबेच,३ जना समातिए



नेपाल समाचारपत्र, काठमाडौं ।

उपत्यकामा दिउँसै हतियार किनबेच हुने गरेको पाइएको छ । प्रहरीले जर्मन पेस्तोल विक्री गर्न हिँडेका ३ जनाको समूहलाई ललितपुरको नख्खिबोटबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कृष्णबहादुर जोशी, आकुराम मुक्तान र हेमराज पौडेल रहेको प्रहरीले जनाएको छ ।

विशेष स्रोतको आधारमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीले उनीहरुलाई ललितपुर प्रहरीको जिम्मा लगाएको छ ।

उनीहरुको साथबाट ५ राउण्ड गोली र दुई वटा म्याजिन पनि बरामद गरेको प्रहरी निकट स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्