वलात्कारी पादरीद्वारा प्रहरी समक्ष आत्मसमर्पण



नयाँदिल्ली,(एजेन्सी)
दक्षिणी भारतको केरलामा एकजना महिलाको वलात्कार गरेको आरोप लगाइएका चारजना भारतिय इसाइ पादरी मध्ये एकजनाले बयान दिन प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

केरलाको उच्च अदालतले नाम नखुलाइएका ति पुरुषलाई जमानत दिन अस्विकार गरेको छ ।
परिचय नखुलाइएकी ति ३४ वर्षिया महिला माथि वलात्कार गरिसकेपछि तिनीहरुले ब्ल्यामेल गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । अन्य दुईजना पादरीले पनि चाँडै नै प्रहरी समक्ष आत्मसमर्पण गर्ने अनुमान गरिएको छ । चौंथो पादरी भने अझै सम्म फरार रहेको बताइएको छ ।

गत फेब्रुअरीमा ति पिडित महिलाका पतिले ब्ल्याकमेलबारे थाहापाएपछि यो वलात्कार काण्ड सार्वजनिक भएके थियो । ति महिलाका पति र चर्चका एकजना अधिकारीबच यस काण्डबारे भएको वार्ताको अडियो क्लिप सामाजिक संजालमा भाइरल भएपछि गत २ जुनमा प्रहरी समक्ष वलात्कारका ेउजुरी दर्ता गरिएको थियो ।

एकजना वरिष्ठ प्रहरी अधिकारीले विविसि हिन्दीका पत्रकार इमरान कुरेसीलाई भनेका छन् , ‘ गत मे महिनामा नै ति महिलाका पतिले चर्चका अधिकारीहरुसंग यस मामिलामा वार्ता गरेका थिए ।

तर तिनीहरुल ेततकालै कुनै कारवाहि अघि बढाएनन् । तर त्यतिबेला देखि नै ति चारैजना पादरीलाई नियमित काम भने गर्न रोकिएको थियो । मालानकारा अर्थोडोक्स सिरियन चर्चका प्रवक्ताले आन्तरिक अनुसन्धान पनि थालिएको विविसिलाई जानकारी गराएका छन् ।
प्रहरीका अनुसार १६ वर्षको कलिलो उमेर देखि न ैउनी माथि ति मध्ये एकजना पादरीले यौन उत्पीडन गर्दे आएका थिए । उनले कन्फेसनका ेक्रममा अर्का पादरीलाई सो दुख बताएकी थिइन् ।

तर ति पादरीले पनि यसकुरालाई गोप्य राख्ने शर्तमा उनीसंग यौन कार्य गर्न थालेका थिए । त्यसपछि आफु माथि अन्या अत्याचार भइरहेको भन्द ैमद्धतका लागि अन्य दुईजना पादरीलाई गुहार्न जाने क्रममा तिनीहरुले पन उल्टै उनी माथि सो घटना सबैलाई बताइदिने धम्की दिँदै वलात्कार गर्न थालेका थिए ।

यस घटनाको कारण केरलामा निकै  प्रभाबशाली मानिने सिरियाली इसाइ समुदायको सो चर्चको निक ैबदनाम भएको छ ।

यसैबिच डोनाल्ड ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई प्रतिस्पर्धीको रूपमा मात्र हेर्ने गरेको बताएका छन्।

। उनले रूसी राष्ट्रपति पुटिनलाई कहिले पनि शत्रुको रूपमा नलिने पनि स्पष्ट पारेका छन् । उत्तर सहयोग सन्धि संगठन ( नेटो ) को बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित शिखर सम्मेलनका क्रममा पुटिनलाई भेटेको एकदिन पछि ट्रम्पले बिहीबार यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्