सुरक्षा अभ्यास तालिममा छात्राको मृत्यु



नयाँदिल्ली,(एजेन्सी)
सुरक्षा अभ्यासको क्रममा एकजना १९ वर्षिया कलेजका छात्राको मृत्यु भएपछि भारतिय प्रहरीले दक्षिणी तमिलनाडु राज्यमा एकजना तालिम प्रशिक्षकलाई गिरफतार गरेको छ ।

प्रहरीले अन्य सहपाठीहरुले समातिरहेको सेफ्टी नेटमा एउटा अग्लो भवनबाट जवर्जस्ती हाम्फाल्न लगाइएपछि एन लोगेस्वरी नामक ति छात्राको ज्यान गएको जनाएको छ । प्रत्यस्षदशीहरुले हाम्फाल्न नमानेकी उनलाई प्रशिक्षकले घच्याटेको बताएक छन् ।

पहिलो तल्लाको छतमा ठोकिएर उनी गमभीर घाइते भएकी थिइन् । प्रहरीले उनको कलेज विरुद्ध पनि मुद्धा दायर गरेको छ । वरिष्ठ सरकारी अधिकारी हरिहरणले विविसि तमिललाई बताएका छन् , ‘ यस्तो तालिम चलाउनका लागि कलेजले स्थानिय प्रशासन समक्ष कुनै निवेदन दिएको थिएन ।

यो गैर कानुनी हो । यस्तो तालिम दिनु अघि कुनै पनि बिद्यालय तथा कलेजले सरकारसंग पुर्व अनुमति लिनुपर्दछ । प्रहरीले प्रशिक्षकलाई पक्राउ गरी अनुसनधान अघि बढाइसकेको छ । ’ यसको भिडियोमा प्रशिक्षकले अचानक घद्धेटेपछि ति छात्राको शरिरको सन्तुलन गुमेको र खस्ने क्रममा छतमा उनको टाउको नराम्ररी ठोकिएको देखिन्छ ।

यो भिडियो तत्कालै सामाजिक संजालमा भाइरल भएको छ । कलेज प्रशासनले तत्कालै अस्पताल पु¥याइए पनि उनलाई डाक्टररहरुले मृत घोषित गरेका थिए । प्रहरीले यस समबन्धमा कलेजका प्रिन्सिपललाई सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्