पुर्व प्रम सरिफ पुत्री सहित गिरफतार



इस्लामावाद,(एजेन्सी )
अपदस्थ गरिएका पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफलाई उनकी पुत्री मरियामसंगै शुक्रवार वेलायतको राजधानी लन्डबाट स्वदेश फर्कने क्रममा सुरक्षाकर्मिले गिरफतार गरेको छ ।

पाकिस्तानको उत्तरी शहर लाहोर स्थित विमानस्थलबाट राष्ट्रिय उत्तरदायित्व ब्युरो ( एनएबबि ) का अधिकारीहरुले तिनीहरुलाई हिरासतमा लिएका थिए । त्यहाँबाट तिनीहरुलाई एउटा चार्टर विमानमा राखेर राजधानी इस्लामावाद तर्फ लगिएको थियो ।

त्यसपछि तिनीहरुलाई स्थानिय कारगारमा चलान गरिएको थियो । तीन पटक पाकिस्तानका ेप्रधानमन्त्री बनेका ६७ वर्षिय सरिफलाई गत वर्ष भ्रष्टाचारकै अभियोगमा पदच्युत गरिएको थियो ।

गत साता मात्र पाकिस्तानको अदालतले उनको अनुपस्थितीमा उनलाई दस वर्ष लामो कारावास संजाय तोकेको थियो । लाहोरमा लन्डनबाट आइ पुग्ना साथ भव्य स्वागत गर्न उनको पाकिस्तान मुश्लिम लिग ( नवाज – पिएमएल–एन ) पाटसर््का कार्यकर्ताहरुको विमानस्थलमा भिड लागेको थियो ।

यसरी २५ जुलाई आम निर्वाचन हुन गइरहेकोबेला सरिफको पक्राउपछि पाकिस्तानी राजनीतिले नै नयाँ मोड लिन सकने राजनीतिक विशलेषकहरुका ेधारणा रहेको छ । स्वदेश फर्कनुअघि नै सरिफले लन्डनमा पत्रकारहरुसंग बोल्ने क्रममा आफु विरुद्ध चुनावको सम्मुख पाकिस्तानी सरकारले षडयन्त्र गरिरहेको र संभवत पाकिस्तान पुग्ना साथ आफुलाई गिरफतार गरिने बताएका थिए ।

क्यान्सर पिडित सरिफकी पत्नी कुलससुमको विगत एक महिना देखि लन्डनको एउटा अस्पतालमा अचेत अवस्थामा उपचार भइरहेको छ । सरिफको गिरफतारीका लागि सरकारले करिव दस हजार सुरषाकर्मि परिचालन ग।ेको थियो ।

यसैबिच दक्षिण पश्चिमी पाकिस्तानमा शुक्रवार एउटाचुनाव प्रचार ¥यालीलाई लक्षित गरी भएको आत्मघाती बम विस्फोटनमा मर्नेको संख्या एक सय नाघेको सरकारी अधिकारीहरुले बताएका छन् । मास्तुँगमा भएको उक्त विस्फोटमा एक सय पचास जना भन्दा बढि घाइते भएको छ ।

एस्लामिक स्टेट ( आइएस ) त्यसैगरी वेलायती प्रहरीले सोही दिन सरिफका दुईजना नातिलाई हिरासतमा लिएको केहि घन्टा पछि मुक्त गरेको वेलायती संचार माध्यमले जनाएको छ ।

सरिफ विरुद्ध विरोध प्रदर्शन गरिरहेका व्यक्तिहरुलाई कुटपिट गरेको आरोपमा तिनीहरुलाई प्रहरी पक्राउ गरेको बताइएको छ । नवाज सरिफको लन्डन स्थित फल्याट बाहिर शुरुमा पाकिस्तान मुश्लिम –नवाज पार्टी विरोधीसंग उनका नाति जुनैद सफदर र जकारिया सरिफको चर्को वादविवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्