ट्रम्प र पुटिनबिच हेलेसिन्किमा शिखरवार्ता



वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपतिय निर्वाचनका ेक्रममा मस्कोले हस्तक्षेप गरेको भन्न आरोपको कारण अमेरिका र रसियाबिच तनावपुर्ण वातावरण कायमै रहेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी नेता भ्लादिमिर पुटिनबिच शिखर वार्ता हुने शनिवार व्हाइट हाउसले जनाएको छ ।

यि दुई नेताबिच सोमवार सोमवार फिनल्यान्डको राजधानी हेलेसिन्किमा भेटवार्ता हुने बताइएको छ । व्हाइट हाउसका महिला प्रवक्ता साराह स्उान्डर्सले यस सम्बन्धमा आवशयक तयारी जारी रहेको पत्रकारहरुलाई जानकारी गराएकी छिन् ।

तर शुक्रवार अमेरिकाले औपचारिक रुपमा १२ जना रुसी गुप्तचर अधिकारीलाई चुनावमा हस्तक्षेप गरेको आरोप लगाएपछि उक्त ऐतिहासिक शिखर वार्ता रद्ध गर्द अमेरिका भित्रैबाट थुप्रै दवाव परेको छ ।

तर रसियाले भने आफुले सो वार्ताको आशा राखेको जनाएको छ । क्रेमलिनका सल्लाहकार युरी उसाकोभले भनेका छन् , ‘ हामीले ट्रम्पलाई वार्ताको साझेदार ठानेका छौं । अहिले द्विपक्षिय सम्बन्ध खराब स्थितीमा छ । यसलाई ठीक ठाउँमा ल्याउनु पर्दछ ।’ सन् २०१६ को अमेरिकाको राष्ट्रपतिय चुनावको दौरान रुसीहरुले डेमोक्रटीक आधिकारिक वेवसाइट ह्याक गरेको आरोप लगाइएपछि वासिंगटन र मस्केबिच वाक युद्ध नै चलेको थियो ।

रुसी विदेश मन्त्रालयले सोमवार हुने भनिएको वार्ता बिथोल्ने उद्देशयले षडयन्त्र भइरहेको दावी गरेको छ । यस मन्त्रालयले ति एक दर्जन अधिकारीहरुले ह्याकींग गरेको कुनै प्रमाण नरहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्