अमेरिका: परिवारसंग भेट



वासिंगटन,(एजेन्सी)
अमेरिकाको ट्रम्प सरकारले सम्पुर्ण वैध कलिला आप्रवासी बालबालिकालाई तिनीहरुको परिवारसंग भेट गराउने निधो गरेको छ । तिनीहरु अमेरिका – मेक्सिको सिमाना अवैध ढंगले पार गरी अमेरिका छिर्न खोज्ने क्रममा आफ्ना अभिभावकहरुबाट छुटेका थिए ।

आप्रवासीहरुलाई पनि अन्य अपराधिलाई सरह कानुनी कारवही गर्ने ट्रम्पको कडा नीतिको कारण तिनीहरुका अभिभावकहरुलाई पक्राय गरी कारगार चलान गरेपछि तिनीहरु अलपत्र परेका थिए । ति बालबालिकालाई आफ्ना परिवारसंग भेट गराउन अदालतले दिएको आदेशको म्याद सकिएको दुईदिन पछि विहिवार सरकारले सो निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्