अमेरिका: क्षति बेहोर्न आदेश



न्युयोर्क,(एजेन्सी)
टल्क पाउडरको प्रयोगको कारण पाठेघरको क्यान्सर भएको दावी गर्ने वाइस जना महिलालाई क्षतिपुर्ति स्वरुप ४ अर्व ७० करोड अमेरिकी डलर तिर्न जोहन्सन एन्ड जोहन्सन कम्पनीलाई शुक्रवार आदेश दिइएको छ ।

अमेरिकी राज्य मिसौरीको अदालतले शुरुमा ५५ करोड डलरमात्र तिर्न आदेश दिएको थियो । वेवी पाउडरका लागि विश्वभरि चर्चित यस कम्पनी विरुद्ध करिव ढ सय वटा मुद्धा चलिरहेको छ । तर जोहन्सन एन्ड जोहन्सनले अदालतको यस निर्णयको कारण आफु निकै निराश भएको र यस विरुद्ध अपिल गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्