थपियो प्रतिदिन १० लाख लिटर पानी



हेटौंडा,(नेस)
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले बोर्डको सेवा क्षेत्रभित्र खानेपानीको थप स्रोत वृद्धि गर्ने उद्धेश्यले हेटौंडा–९ स्थित कुख्रेनीमा नयाँ सम्बेल निर्माण गरी सेवा सञ्चालनमा ल्याएको छ ।

सम्बेल सेवाको उद्घाटन हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महतले गर्नुभएको थियो । सम्बेल उद्घाटन कार्यक्रममा बोर्ड अध्यक्ष प्रताप विष्टले खानेपानी सम्बेल निर्माण गर्न जग्गा उपलब्ध गराउने वडा–९ का स्थानीय प्रदीप पराजुलीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

नयाँ निर्माण गरिएको सम्बेल सञ्चालनमा आएपश्चात् हेटौंडामा वितरित पानीमा प्रतिदिन १० लाख लिटर पानीस्रोत बृद्धि भएको छ । २८ लाख ७५ हजार लागतमा सम्बेल निर्माण भएको हो । हाल वडा–९ मा बोर्डबाट बितरित १ हजार ८ सय ७५ धारामा नियमित खानेपानी वितरण गरिँदै आएको छ ।

नयाँ सम्बेल सञ्चालनसँगै प्रतिदिन १ करोड ३२ लाख लिटर खानेपानी बोर्डले सेवा क्षेत्रभित्र वितरण गर्ने भएको छ । हाल बोर्डले आफ्नो सेवा क्षेत्रभित्र १५ हजार धारामार्फत् करिब १ लाख ७ सात हजार नगरबासीलाई नियमित खानेपानी सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्