वृज सिमेन्टद्वारा सहयोग



काठमाडौं, (नेस)
चितवनस्थित नारायणी नमुना माध्यमिक विद्यालयलाई पुष्पतारा केडिया सेवा संस्थाको आयोजित एवम् वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिद्वारा प्रायोजन गरिएको फुटबल सामग्री भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालद्वारा हस्तान्तरण गर्नुभयो ।

विद्यार्थीको सर्वाङिण विकासमा खेलकुद अति महत्वपुर्ण पक्ष हो जसको माध्यमबाट बिधार्थीहरुमा मानसिक , शारिरीक, बौद्धिक विकास तीव्र गतिमा हुने गर्दछ र यस फुटबल सामग्रीले यस विद्यालयमा अध्ययनरत विद्यार्थीका खेलकुद विकासमा एक कोषेढुंगा सावित हुनेछ मेयर दाहालले बताउनुभयो ।

देश आर्थिक समृद्धितर्फ उन्मुख भएको यस अवसरमा निजी क्षेत्रको कम्पनी बृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले यस मेरो नगरी भरतपुरमा आई यो फुटबल सामग्री हस्तान्तरण गरेकोमा म मेयर दाहालले आभार व्यक्त गर्नुभयो ।

नारायणी नमुना माध्यमिक विद्यालयमा करिब ३ हजार विद्यार्थी अध्ययन रहेको छन् र कक्षा १२ सम्म पठनपाठन भइरहेको छ ।

विद्यार्थीहरुको भविष्य केवल पठनपाठनमा मात्र नभई आजको प्रतिस्पर्धात्मक युगमा अतिरिक्त क्रियाकलाप अति नै महत्वपूर्ण हुन्छ । विद्यार्थीको चौतर्फी विकासको लागि अझ खेलकुद त झन् महत्वपूर्ण विषय हो । अतः वृज सिमेन्टले जुन यो फुटबल सामग्री यस सार्वजनिक विद्यालयलाई प्रदान गरेको छ यसबाट हामी अतिनै आभारी हुनुका साथसाथै हाम्र ाबालबालिकाको अतिरिक्त क्रियाकलापमा हातेमालो गरेकोमा वृज सिमेन्टलाई प्रधानध्यापक पँर्ण दवाडीले धन्यवाद भन्नुभयो ।

वृज सिमेन्ट इण्डष्ट्रिज प्रालि केडिया अर्गनाईजेसन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्विनी रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी), साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) र पोर्टल्यान्ड स्लाग सिमेन्ट (पीएसीसी) सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दैै आइरहेको छ ।

कम्पनीले साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) मा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ भने पीपीसी सिमेन्टअन्तर्गत वृज, जम्वो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्ट व्रान्डहरु उत्पादन गर्दछ । पीएससी सिमेन्टअन्तर्गत वृज सुपर पावर व्राण्ड उत्पादन गर्दछ ।

प्रतिक्रिया दिनुहोस्