प्रदेश नम्बर ५ को पर्यटकीय प्रवेशद्वार बनाउन जोड



नेपाल समाचारपत्र, काठमाडौं
नेपालगन्ज–दिल्ली उडानपछि प्रदेश नम्बर ५ को पर्यटन विकासमा फड्को मार्ने सरोकारवालाको विश्वास छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अध्यक्ष भवानी राणा, नेपालका लागि भारतीय राजदँत मन्जिभसिंह पुरी स्थानीय अगुवा उद्यमी व्यवसायीहरूले नेपालगन्जमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा यस्तो धारण व्यक्त गरेका हुन् ।

नेपालगन्ज–दिल्ली हवाई उडान, नेपाली गाडीलाई भारतमा सहज आवागमन, नेपालगन्जको विकास निर्माण एवम् नेपालमा भारतीय पर्यटक आकर्षणमा सहयोग लगायतका विषयमा दुई पक्षबीच सरकोकारबीच छलफल भएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष राणाले नेपालगन्ज–दिल्ली उडानसँगै मानसरोवरको प्रवेशद्वार नेपालगन्ज हुने भएकाले नेपालगन्जसहित सिंगो प्रदेश नम्बर ५ को विकासले फड्को मार्ने विश्वास व्यक्त गर्नु भयो ।

अध्यक्ष राणाले दुई देशबीचको आर्थिक व्यावसायिक सम्बन्धलाई थप उचाईमा पु¥याउन र भारतले गरेको आर्थिक विकासबाट नेपालले पनि फाइदा उठाउन ‘कनेक्टीभीटी’ महत्वपूर्ण हुने धारणा राख्दै नेपालगन्जलगायत नेपाल र भारतका मुख्य शहरहरूबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिनुभयो ।

आयुर्वेद, कृषि, मत्स्यपालन, पर्यटनलगायतका क्षेत्रको विकासमा भारतीय सहयोग महत्वपँर्ण हुने धारणा राख्नुभयो । अध्यक्ष राणाले महासंघले निकट भविष्यमा काठमाडौंमा आयोजना गर्न लागेको नेपाल–भारत लगानी सम्मेलनमा सम्भावित संयुक्त लगानी, विकास निर्माणमा सहकार्य आदि विषयमा भारतीय अधिकारीहरुसँग ठोस छलफल हुने समेत विश्वास दिलाउनु भयो ।

व्यवसायीहरूले ‘ह्यापी बोर्डर’का लागि कस्टमलगायत सीमा सुरक्षामा रहनेहरूको व्यवहारमा परिवर्तन गरिनुपर्ने, प्रत्येक भारतीयलाई एकपटक नेपाल घुम्न जाने प्रेरणात्मक प्रचार प्रसारको कार्यक्रम चलाउनुपर्ने लगायतका सुझाव समेत राख्नु भएको थियो ।

सो अवसरमा राजदँत पुरीले मानसरोवर जाने भारतीयका लागि नेपालगन्जलाई मुख्य बाटो बनाउन सकिएमा यहाँको विकासमा ठँलो सहयोग पुग्ने बताउनुभयो । राजदँत पुरीले दिल्ली–नेपालगन्ज उडान भएपछि मानसरोवर जाने भारतीय पर्यटकका लागि नेपालगन्ज मुख्य नाका हुने र त्यसबाट यहाँको विकासमा ढोका खुल्ने दाबी गर्नुभयो । नेपालगन्जको पँर्वाधार विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने विश्वाससमेत दिलाउनुभयो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगन्जको विकासमा सिटी हल लगायत अन्य पँर्वाधार निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । राजदँतसमक्ष प्रत्यक्ष रुपमा नेपालगन्जको विकास निर्माण र नेपाल भारत सम्बन्ध विस्तारमा साक्षात्कार गर्न पाएकोमा अध्यक्ष वैश्यले खुशी समेत प्रकट गर्नुभयो ।

बाँके र बर्दियाका उद्यमी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरुले नेपालगन्ज–दिल्ली हवाई उडान छिटो सञ्चालन गर्नुपर्ने, नेपाली गाडीलाई भारतमा सहज आवतजावत हुनुपर्ने, नेपाली जडीवँटीको सहज निकास, सिटी हल एवं सुख्खा बन्दरगाह निर्माण जस्ता महत्वपँर्ण कार्यक्रमलाई समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी नयाँ वर्षबाट नेपालगन्ज–दिल्ली उडान गर्ने योजनासहित तयारी गरिरहेको छ । सन् २०१९ जनवरी १ तारिखदेखि नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई नेपालगन्ज–दिल्लीको उडान तालिका स्वीकृत गरिसकेको छ । यसअघि बुद्ध एयरले नेपालगन्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि दैनिक ३ उडान बिहान ६ः३०, दिउँसो १ र साँझ ५ः१० बजेका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गरेको थियो । मन्त्रालयले दैनिक ३ उडान गर्ने गरी स्वीकृत गरेको मन्त्रालयले जनाएको छ ।

यता नेपाल पर्यटन तथा संस्कृति मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुद्ध एयरलाई नेपालगन्जबाट दिल्ली उडानको लागि पत्राचार गरेको छ । बुद्ध एयरले भनेको उडानका लागि आन्तरिक गृहकार्य गरिरहेको छ ।

 

दिल्लीमा संसारभरिका एयरलाइन्स र यात्रु पर्यटकहरुको घुइँचो लाग्ने गरेको त्यसको लाभ नेपालले उठाउन सक्ने छ । यस उडानबाट सुदँरपश्चिम र पश्चिमका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । बर्दिया, शुक्लाफँँटा निकुञ्ज, मनोरम हिमश्रृंखला, खप्तड, स्वर्गद्वारी, रारा तालले पर्यटकहरुलाई पनि आकर्षित गर्नेछन् ।

नेपालगन्ज–नयाँदिल्लीको उडान लगत्तै बुद्ध एयरले नेपालगन्ज–पोखराको दैनिक उडान गर्ने योजना बुद्ध एयरको रहेको छ । टर्बोप्रप एटीआर विमानबाट नेपालगन्जदेखि भारतको केन्द्रीय राजधानी नयाँदिल्लीको हवाई उडान करिब १ घण्टा १० मिनेटमा भर्न सकिन्छ ।

नेपालगन्जबाट सिधा नयाँदिल्ली हवाई उडान सञ्चालनमा आउँदा मध्यपश्चिम एवं सुदँरपश्चिमको आर्थिक समृद्धिमा ठँलो परिवर्तन आउने अनुमान गरिएको छ । यसले आर्थिक समृद्धिमा एवम् रोजगारी सिर्जनामा विकेन्द्रीकरणको भँमिका खेल्नेछ ।

धार्मिक तथा पर्यटकीय यात्रुहरुको ओहर–दोहरोले प्रदेश ५, ६ र ७ को आर्थिक गतिविधि स्वतः बढ्नेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्