सत्ताको आँखा



कार्यकारीले दायाँबायाँ नहेरी फ्याट्टै भन्नुभो– राजनीति गर्ने भए जागीर छोडेर आऊ ! दुई तिहाइको कार्यकारीले यस्ता तोरीलाउरे कुरा ग¥या पटक्कै मन प¥याछैन धरहरालाई ।

हुन त मदन भण्डारीको दर्शनबाट निर्देशित कार्यकारी !, भण्डारीले राजालाई श्रीपेच फुकालेर खुलामञ्चमा आऊ भन्या कुरा सम्झेर होला एउटा बबुरो कर्मचारीलाई जागीर छोडेर आऊ भनेका । एउटा बबुरोलाई न्वारनको बल लगाएर थर्काउनुपर्छ र भन्या । धरहराले मरिगए बुझ्न सकेन । मन नपरे जागीरै च्याट् पार्दिए भैहाल्यो नि !

सत्ताको आँखा त जुन तन्त्राँ पनि उस्तै हुँदो रहेछ । धरहराले त ठोकुवा साथ भन्ने गरेको छ विचरा मकै खेतीका लेखक कृष्णलाल सुब्बा अधिकारी खराब मान्छे न रहेछन् । राणाको रसदपानी खाएर राणाकै विरुद्ध प्रतीकात्मक किताब लेख्ने ? कम्युनिष्टे समाजवादी सरकारको पालाँ त मान्छेलाई ठाडै गिरफ्तार गरेर बालुबाटाराँ नजरबन्द गर्न पाइँदो रहेछ ।

अनि नाथे एउटा कर्मचारीले अनसन बसेर समाजबाद आउने गौँडो थुन्ने ? कृष्णलालबाट सिक्न पर्दैन ? धरहराले अर्काे कुरो नि बुझ्या छैन । आवाज उठाउनेलाई तलब खाछस् चूप लाग भन्ने कार्यकारीले औपधोपचार र सेवा–सुविधाका नाममा लिने अनि कार्यकर्तालाई आफ्नै बारीको आरु दिए झैँ दिने पैसो कहाँबाट आ हो ? जस्ताको तस्तै उत्तर पाए धरहरा आभारी हुनेथियो ।

प्रतिक्रिया दिनुहोस्