बाह्र जना झापाली महाकाव्यकारलाई सम्मान



भद्रपुर, (नेस)
महाकाव्य लेखेर योगदान पुर्याएको भन्दै बाह्जना झापाली महाकाव्यकारलाई सम्मान गरिएको छ । लेखनाथ पुस्तकालय भद्रपुर १० चन्द्रगढीले शनिबार आयोजना गरेको शुक्रबारे भेला अन्तरगत झापाली महाकाव्यकारहरुको सम्मान गरिएको हो ।

सम्मानित हुनेमा महाकाव्यकार रघुनाथ रिमाल, मित्रप्रसाद दाहाल, गोपाल संग्रोला, ज्ञानराज सुवेदी, डम्बर घिमिरे, यादवप्रसाद अधिकारी, मोहन भण्डारी, गोविन्द घिमिरे, सोमराज अभय, हरिप्रसाद न्यौपाने, कोमलप्रसाद पोखरेल र आनन्द प्रसाद घिमिरे रहेका छन् ।

त्यसैगरि युवा उपन्यासकार पवन निलको पहिलो उपन्यास खुल्दुली विमोचन गरिएको छ । प्राध्यापक डाक्टर गोपाल भण्डारी, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, महाकाव्यकार रोहिणीविलास लुइटेलले सम्युक्त रूपमा उपन्यासको विमोचन गरेका थिए । समालोचक राजेन्द्र प्रसाईले उपन्यासको समीक्षा गर्दै समाज प्रेम र द्वन्द्व बीचको सन्तुलन भएको प्रष्ट्याए । उनले उपन्यासले नेपाली समाजलाई रौं चिरा गर्न सकेकोमा उपन्यासकारको प्रसंशा गरे ।

पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता तथा साहित्यकार प्रा. डा. भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार पुण्यप्रसाद खरेल, तारा विविध लगायतले मन्तव्य राखेका थिए । विभिन्न कवि कवयत्रीहरूले आ आफ्ना कविता रचना वाचन गरेका थिए । पुस्तकालयका सचिव हरिकिशोर आचार्यले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश शुक्रवारे कार्यक्रम संयोजक सहप्राध्यापक होम सुवेदीले गरेका थिए भने सञ्चालन खगीन्द्रा खुसीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्