स्वास्थ्य चौकीलाई सोलार बत्ती



नेपाल समाचारपत्र, सल्यान
सल्यानको सिद्धकुमाख गाउँपालीका वडा नम्बर २ का स्थानीय र युवा मिलेर सिद्धेश्वरी स्वास्थ्य चौकीलाई सोलार बत्ति र २ वटा स्टेचर प्रदान गरेका छन । स्वास्थ्य चौकिमा बिभिन्न समस्या भएपछि त्यहाँका स्थानीय र युवाहरु मिलेर ८० वाट बराबरको सोलार बत्ति र २ वटा स्टेचर प्रदान गरिएको स्थानीय युवा देब बहादुर बस्नेतले बताउनु भएको छ ।

समस्या समाधानका लागी गाउँपालीकामा पटक पटक माग गर्दा पनि कुनै सुनुवाई नभएपछि युबाहरु र स्थानीयले आफै आर्थिक सङकलन गरी यो काम गर्न सफल भएको उहाँले बताउनु भयो । स्वास्थ्य चौकीमा सोलार बत्ति र स्टेचरको ब्यवस्था भएपछि साबिकको शिद्धेश्वरीका केही वडा, चादेका १, २, ३, ४ वडाका स्थानीय, स्वीकोट र मर्म परिकाडाका नागरीकलाई समेत सहज हुने बस्नेतले बताउनु भयो ।

स्वास्थ्य चौकीमा स्थानीय र युवाहरुको पहलमा उज्यालोको लागी सोलार बत्ति, बिरामी बोक्नको लागी स्टेचर प्रदान भएपछि रातको समयमा सुत्केरी हुन आउने महिला र अन्य बिरामीहरु लागी सहज हुने सिद्धेश्वरी स्वास्थ्य चौकीका ईन्र्चाज बिनोद केसिले बताउनु भयो ।

पहिले रातको समयमा सुत्केरी हुन आउने महिला र बिरामीहरुको लागी टर्च बालेर उपचार गर्नु परथ्र्याे, बिरामी पनि डोकामा बोकेर ल्याउनु पर्ने बाध्यता थियो, अब त्यो समस्या हटने भयो ईन्चार्ज केसिले भन्नु भयो, स्वास्थ्य चौकीमा धेरै समस्या भएकाले गाउँपालीका, डाकार्यलयहरुमा कुरा राख्दा पनि समाधान हुन नसकेपछि स्थानीय र युवाहरुको सक्रितामा सोलार बत्ति स्टेचर प्रदान भएपछि काम गर्न सजिलो भएको ईन्चार्ज केसिले बताउनु भयो ।

गाउँपालीका भित्र रहेका अन्य स्वास्थ्य चौकीको तुलनामा सिद्धेश्वरी स्वास्थ्य चौकीले सुत्केरी सेवा दिनमा उत्कृठ स्वास्थ्य चौकी भएको हुदा कसैले पनि अहिले सम्म चासो नदिएपछि जनतालाई सहजै सेवा दिनु पर्छ भन्ने हेतुले नै स्थानीय र युवा मिलेर यो काम गरेको युवा राजेस डिसिले बताउनु भयो ।

फलेखर्क आसपासका स्थानीय र आफु युवाहरुको पहलमा आर्थिक सङकलन गरी १७ हजार बराबरको ८० वाटको सोलार र ७ हजार बराबरको स्टेचर स्वास्थ्य चौकीलाई प्रदान गरिएको उहाँले बताउनु भयो । स्वास्थ्य चौकिमा समस्या धेरै भए पनि सम्बन्धीत निकायले चासो नदिएको यहाँका स्थानीयले बताएका छन ।

स्वास्थ्य चौकीलाई संरक्षण र सम्बद्र्धन गर्नुको साटो भएको संरक्षणलाई उल्टै खलल पु¥याउने काम ठुलाबडा बाटैे भएको उनिहरुले बताएका छन । स्वास्थ्य चौकीको भवन पनि जिर्ण बनेकाले आगामी दिनमा सम्बन्धीत निकायले पनि सँग पहल गरिदिन आग्रह गरेका छन । शिद्धकुमाख गाउँपाली भित्र ३ वटा स्वास्थ्य चौकी र २ वटा स्वास्थ्य ईकाई रहेका छन ।

प्रतिक्रिया दिनुहोस्