जोकोभिच फाइनलमा



लन्डन, (एजेन्सी)
नोभाक जोकोभिचले राफाल नाडालविरुद्ध ऐतिहासिक पाँच सेटको सेमिफाइनल खेल जितेर विम्बल्डनको फाइनलमा स्थान सुरक्षित गरेका छन् ।

शनिबार अघिल्लो दिन स्थगित भएको खेल शुरु हुँदा जोकोभिच २–१ सेटले अगाडि थिए । चौथो सेट स्पेनका नाडालले जितेर सेट २–२ बराबरीमा ल्याए । पाँचौं तथा निर्णायक सेटमा जोकोभिचले बाजी मारेपछि सर्बियाली खेलाडीको २०१६ युएस ओपन फाइनलपछि पहिलो फाइनलमा पुग्ने पक्का भयो । उनले यो खेल ६–४, ३–६, ७–६, ३–६, १०–८ ले जितेका थिए ।

आईतबार हुने फाइनल खेलमा जोकोभिचको सामना दक्षिण अफ्रिकाका केभिन एन्डरसनसँग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्