खेलाडी र कोचले फाइनल हेर्न पाएनन्



लन्डन, (एजेन्सी)
थाइल्यान्डको गुफामा फसेका फुटबल टोलीका १२ बालक खेलाडी र कोचले फिफा विश्वकपको फाइनल खेल हेर्न पाउने छैनन् । उनीहरु गुफाबाट निस्केमा १५ जुलाईमा लुज्नीकी स्टेडियममा हुने फाइनल खेल हेर्न फिफाले निमन्त्रणा दिएको थियो ।

कोच र खेलाडीलाई सुरक्षित स्थितिमा बाहिर निकाले पनि उनीहरु सबै हाल अस्पतालमा उपचारत छन् । यसले गर्दा उनीहरुले फाइनल खेल हेर्न नपाउने भयो । तर फिफाले सेप्टेम्बरमा लन्डनमा हुने फिफा बेस्ट अवार्डमा भाग लिन निमन्त्रणा दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्