१९९८ विश्वकप फाइनल अझै रहस्य नै



लन्डन, (एजेन्सी)
फ्यान्स, रिपोर्टर्स र कमेनटेटर्सका साथै बीबीसीका जोन मोटसन फाइलन खेल शुरु हुन ७२ मिनेट अगाडि स्तब्ध भए, जब उनीहरुले रोनाल्डोको नाम प्लेइंग इलेभनमा देखेनन् । १९९८ विश्वकपका नायक थिए रोनाल्डो । रोनाल्डोको कुहिनोमा चोट परेको भन्ने शुरुवातमा ब्राजिलका खेलाडीले जनाएका थिए । पछि पेट दुःखेको बताइएको थियो ।

एडमन्डोलाई शुरुवाती लाइनमा राखेको थियो । ३० मिनेट पछि दिएको टिम शीटमा रोनाल्डोको नाम समावेश गरियो र एडमन्डोलाई बेन्चमा बसाइयो । फिटनेसको चिन्ताको भुमरीमा रहे पनि रोनाल्डोलाई ९० मिनेट खेलाइयो तर ब्राजिलले त्यो खेल ३–० ले हारेको थियो । फ्रान्सका जिनेदिन जिदानले दुई र एम्मेनुल पेटिटले एक गोल गरेर ब्राजिलको लगातार दुई पटक विश्वकप जित्ने सपना चकनाचुर पारेका थिए ।

पराजित भएपछि ब्राजिलियन लिजेन्ड रोनाल्डोले उनको नाइक जुत्ता गर्दनमा झुन्ड्याएर निरास व्यक्त गरेका थिए । उनी सन्चो नभए पनि खेलिएको एडमन्डोले बताएका थिए । उनले भने कि प्रायोजक कम्पनी नाइकले रोनाल्डोलाई खेल्न दवाव दिएको थियो ।

अर्को हल्ला यो पनि चल्यो कि ब्राजिलले १९९८ विश्वकप फ्रान्सलाई बेचेको थियो । ग्लोबो टीभी नेटवर्कमा यस्तै इमेल आएको दाबी गरिएको थियो । भनाइअनुसार ब्राजिलले २ करोड ३० लाख डलर प्राप्त गरेको थियो ।

घरेलु टोली फ्रान्सले जितेर फिफा अध्यक्ष सेप ब्लाटरलाई खुशी पारेको र यसले प्रतियोगिता सफल भएको देखाउनको लागि थियो । ब्राजिलले १९९८ विश्वकप बेचे वापत २००२ विश्वकप जित्न दिनु र २०१४ विश्वकपको आयोजना गर्न दिनु पनि हल्ला चल्यो ।

रोनाल्डोले चार वर्षपछि विश्वकप २००२ मा उपाधि दिलाए । ब्राजिलले उपाधि जित्दा रोनाल्डोले ८ गोल गरेर गोल्डेन बूट हात पारेका थिए । जापान र दक्षिण कोरियामा आयोजित भएको विश्वकप फाइनलमा ब्राजिलले जर्मनीलाई २–० ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्