केर्बर विम्बल्डन च्याम्पियन



लन्डन, (एजेन्सी)
सेरेना विलियम्ससँग दुई वर्ष अघि फाइनलमा बेहोरको हारको बदला लिँदै जर्मनीकी एन्जेलीक केर्बरले पहिलो पटक विम्बल्डनमा उपाधि जितेकी छन् ।

केर्बरले शनिबार भएको महिला सिंगल्स फाइनल खेलमा अमेरिकी खेलाडी सेरेनालाई ६–३, ६–३ ले हराएकी हुन् । यो उनको करियरको तेस्रो ग्रान्डस्लाम उपाधि हो । साथै १९९६ मा स्टेफी ग्राफले विम्बल्डन जितेयता यस प्रतियोगितामा उपाधि जित्ने उनी पहिलो जर्मन खेलाडी पनि बनिन् ।

३६ वर्षीया सेरेनाको लागि आमा बनेपछि उपाधि जित्ने र मार्गेरेट कोर्टको २४ ग्रान्डस्लाम उपाधिसँग बराबरी गर्ने सपना पुरा भएन । अमेरिकीलाई यसको लागि अर्को ग्रान्डस्लामसम्म पर्खनु परेको छ । सेप्टेम्बरमा आमा बनेपछिको यो उनको पहिलो ग्रान्डस्लाम फाइनल समेत पनि हो ।

प्रतिक्रिया दिनुहोस्