प्लेयर्स टू वाच: लुका मोड्रिच



गत बुधबार जब इंग्लिश टोलीलाई क्रोएशियाले हराए, त्यतिबेला सारा इंग्ल्याण्ड स्तब्ध, क्रोधित र आँशुमा डुबेको थियो । तर इंग्लिश प्रशिक्षक गेरेथ साउथगेटले भने लुका मोड्रिचलाई अँगालो हाल्ने क्रममा तिमीले धेरै मेहनत ग¥यौं, फाइनलको लागि शुभकामना भनेका थिए।

 

वास्तवमै मोड्रिच धेरै मेहनती खेलाडी हुन् । उनी अहिले क्रोएसियाली टीमको मेरुदण्ड बनेका छन् ।

आक्रमणका लागि सही ठाउँमा बल उपलब्ध गराउने देखि रक्षापंक्तिमा पर्खाल बन्ने काममा समेत उनले आफ्नो निपुणता देखाइसकेका छन् । वास्तवमा उनको जीवनको सुरुवात नै रक्षा र आक्रमणबीचको माहौलमा भएको थियो। जब उनी ६ बर्षका थिए, उनको हजुर बुवालाई गोली हानेर हत्या गरियो । उनको परिवार युद्ध क्षेत्रमा शरणार्थी भएर बसेको थियो ।

उनी ग्रिनेटको विस्फोटबीच हुर्किए । तर, उनै मोड्रिचले आफ्नो देश क्रोएसियालाई पहिलो पटक विश्वकप फुटबलको फाईनलमा पु¥याउन सफल भएका छन् । मोड्रिच, केही फुटबल खेलाडी मध्येका एक हुन, जो क्रोएसियाली फुटबलमा स्वर्णीम इतिहास कोर्नेसंघारमा उभिएका छन् ।
उनी जर्मनीमा आफ्नो परिवारसंग हुर्किएका थिए ।

सर्बियन सेनाको बमबारी सकिएपछि उनले जदार सहरका सडकमा फुटबल खेल्न पर्यो । एक अन्तर्वार्ता उनले युद्धले आफुलाई बलियो बनाएको र ती घटनालाई भुलाउन चाहेको बताएका थिए। करिब ४१ लाख जनसंख्या रहेको क्रोएसिया सन् १९५० मा ब्राजिललाई हराएर विश्वकप फाइनल पुग्ने उरुग्वेपछिको सबैभन्दा सानो देश हो ।

३२ बर्षिय लुका मोड्रिचले आफ्नो करियरको यो स्तरमा पुग्नका लागि धेरै चुनौतीसंग लड्नु परेको थियो । सन् १९८५ सेप्टेम्बर ९ मा जन्मिएका मोड्रिच जब १० बर्षका थिए, त्यस समय प्रशिक्षकले कमजोर र लजालु हुनुको कारण उनले फुटबल खेल्न नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्