पीपीपीद्वारा पनि निर्वाचनमा धाँधलीका सङ्केत देखिएको दावी



पाकिस्तान ।
पाकिस्तानको दोस्रो ठूलो दल पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी० ले निर्वाचन धाँधलीरहित हुनेमा शनिबार शङ्का व्यक्त गरेको छ ।
पाकिस्तानमा यही जुलाई २५ गते हुने आम निर्वाचनमा आफूहरूलाई प्रचारप्रसारका लागि स्वतन्त्रता नमिलेको दावी पीपीपीका अध्यक्ष विलावल भूट्टो जर्दारीले बताउनुभयो ।

“निर्वाचन सम्पन्न गर्न बनाइएको सरकारले हाम्रो दललाई निर्वाचन अभियानमा प्रचारका लागि प्रशस्त मार्ग दिएको छैन,” जर्दारीले भन्नुभयो । उहाँले यसबाट निर्वाचन स्वच्छ तथा निस्पक्ष रूपमा सम्पन्न हुनेमा आफ्नो दल सशंकित बनेको जनाउनुभयो ।

उहाँले पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा पत्रकार सम्मेलन गरी भन्नुभयो, “सञ्चारमाध्यम नियन्त्रित ९सेन्सरसीप० बनेका छन् र राजनीतिक अधिकारीहरू पक्राउ गरिएका छन् । यो मानवअधिकारको उल्लङ्घन मात्र नभै निर्वाचनपूर्व हुने धाँधलीको खेल हो ।”
पीपीपीका नेताहरूले सरकारले पटकपटक निर्वाचन अभियानका लागि आयोजना गरिएका पञ्जाबलगाएतका स्थानमा प्रदर्शनमा रोक लगाएको बताए ।

सञ्चारकर्मी, राजनीतिज्ञ तथा विश्लेषकहरूले निर्वाचनमा सेनाको शक्तिशाली हस्तक्षेप भइरहेको बताइरहेका छन् ।
पाकिस्तानी पूर्व प्रधानमन्त्री तथा पाकिस्तानी मुश्लिम लिग–नवाज (पीएमएल–एन) का नेता नवाज सरीफलाई पक्राउ गरिएको प्रसङ्गलाई जोड्दै यो निर्वाचनमा सेनाको हस्तक्षेपको सङ्केतसमेत भएको पीपीपीले जनाएको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा शनिबार १२८ सहित पाकिस्तानमा कम्तीमा १५४ जनाको निर्वाचन अभियानमा सहभागी समर्थक तथा शुभेच्छुकको मृत्यु भएको पीपीपीको दावी छ ।
रासस

प्रतिक्रिया दिनुहोस्