खेल शुरु भएको ४ मिनेटमै बेल्जियमद्धारा सानदार गोल



नेपाल समाचारपत्र, काठमाण्डौँ ।
रुसमा जारी फिफा विश्वकप २०१८ अन्तरगत अहिले ७ः४५ बजे तेस्रो स्थानको लागि सन् १९६६ को विश्व विजेता इंग्ल्याण्ड र बेल्जियम बीच प्रतिस्पर्धा शुरु भएको हो ।

क्रेस्टोभस्काई स्टेडियममा इंग्ल्याण्ड र बेल्जियम तेस्रो स्थानको लागि भिड्दा खेल शूर भएको ४ मिनेटमै बेल्जियमका खेलाडि थोमस मिउनियरले गोलको शुरुवात गर्दा यो खेल फाईनल जतिनै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

इंग्ल्ण्याड २८ वर्ष पछि तेस्रो स्थानको लागि भिड्न लाग्दा बेल्जियम ३२ वर्ष पछि तेस्रो स्थानको लागि भिड्दैछ । इंग्ल्याण्डले सन् १९९० मा तेस्रो स्थानको लागि खेल्दा बेल्जियमले १९८६ मा तेस्रो स्थानको लागि खेलेको थियो ।

स्मरण रहोस् यस अघि समूह चरणको अन्तिम खेलमा बेल्जियमले इंग्ल्याण्डलाई १–० ले हराएर समूह विजेता बन्दा इंग्ल्याण्ड उपविजेता पनि प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्