बेल्जियमसँग बदला लिने दाउमा इङ्ल्यान्ड



मस्को, विश्वकप फुटबलमा तेस्रो स्थानका लागि शनिबार राति ७ः४५ बजे इंग्ल्याण्ड र बेल्जियमबीच सेन्ट पिटर्सवर्ग रंगशालामा खेल हुँदैछ । सेमिफाइनल खेलमा इंग्ल्याण्ड क्रोएसियासँग २–१ ले र बेल्जियम फ्रान्ससँग १–० ले हारेको थियो ।

समूह ‘जी’ बाट माथि चढेका दुवै टिम समूह चरणको अन्तिम खेलमा पनि भेटिएका थिए ।

समूह विजेताका लागि भएको खेलमा ५१ औँ मिनेटमा बेल्जियमका एडनान जानुजाजले गरेको गोल नै निर्णायक बनेको थियो । बेल्जियमसँग खेल हार्दा पनि इंग्ल्याण्ड टोली खुसी बनेको थियो । जसले उनीहरुको भेट अन्तिम १६ मा कोलम्बियासँग, क्वाटरफाइनलमा स्वीडेन र सेमिफाइनलमा क्रोएसियासँग भयो । फाइनलसम्म सहज यात्रा देखेको इंग्ल्याण्ड सेमिफाइनलमै क्रोएसियासँग निराश बन्यो ।

समूह विजेता बनेको बेल्जियमले अन्तिम १६ मा जापानलाई र क्वाटर फाइनलमा ब्राजिललाई हरायो । सेमिफाइनलमा भने बेल्जियमले फ्रान्सलाई हराउन सकेन ।

प्रतिक्रिया दिनुहोस्