पहिरोले पाँच परिवार विस्थापित ,सयौँ रोपनीमा लगाएको धान नष्ट



sfov]tdf wfg afnL k’/]sf] klx/f] Hffh/sf]6 gnuf8 gu/kflnsf–* sfov]tdf nufPsf] wfg afnL zlgaf/ laxfg em/]sf] klx/f]n] k’/]sf] 5 . klx/f]af6 kfFr 3/ kl/jf/;d]t lj:yflkt ePsf 5g . Tfl:a/ M x]dGt s];L , hfh/sf]6, /f;;

जाजरकोट, यहाँको नलगाड नगरपालिका–८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ ।

आज बिहान आएको पहिरोले धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन् ।

हुमप्रकाश सिंह, हिरालाल खत्री, खर्कबहादुर शाहीलगायत पाँचजनाको घरपरिवार पहिरोका कारण घर छाडेर विस्थापित भएका छन् । त्यस्तै पहिरोले मकैलगायतको जग्गा पुर्दा मकैबालीसमेत नष्ट भएको छ ।

कायखेत–जिकुवा सडकबाट आएको पहिरोले यहाँका स्थानीयवासीको उठीबास लागेको हो । मापदण्डविपरीत डोजरद्वारा निर्माण गरिएको यो सकडबाट यहाँका दर्जनौँ अन्य घरसमेत जोखिममा परेका छन् ।

सडक निर्माण गर्दादेखि नै यातायातका साधन सञ्चालन गर्न समस्या परेको यो सडकबाट अहिले दर्जनभन्दा बढी घर जोखिममा पर्नुका साथै सयौँ रोपनी जग्गामा लगाएको अन्नबालीसमेत नष्ट भएको छ ।

यस्तै छेप्का–कैना सडक खण्डको डाँडागाउँमा पहिरो आउँदा यातायात सेवा ठप्प भएको छ । पहिरो गएको ठाउँमा सडक निर्माणका लागि पहल शुरु गरिने नलगाड नगरपालिकाले बताएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्