सेनामा वेश्यावृत्ति



अमेरिकी सेनामा यौनधन्दा हुने गरेको  छ। अमेरिकी सेनामा तैनाथ एक महिला सैनिकले टेक्सासस्थित फोर्टहुड मिलिट्री पोस्टमा आयोजित सेक्स पार्टीमा आफूले ४ सय डलर कमाएको दाबी गरेकी छिन्। ती महिला सैनिकको बयान कोर्ट मार्सलको दस्ताबेजमा पनि छ।

वेश्यावृत्तिको र्‍याकेटमा संलग्न रहेको आरोप लागेका मास्टर सर्जेन्ट ब्राड गि्रम्सलाई हालै मिलिट्री कोर्टमा पेस गरिएको थियो । इराक र अफगानिस्तान युद्धमा योगदान दिइसकेका विवाहित गि्रम्समाथि उक्त घटनाको योजना बनाएको र सेक्सका लागि पैसा दिएको आरोप लागेको छ।

उनले प्रथम श्रेणीका सर्जेन्ट जज म्याकक्वीनमार्फत गोप्य स्थानमा कम उमेरका महिला सैनिक उपलब्ध गराउने प्रस्ताव राखेका थिए। 

-एजेन्सीकाे सहयाेगमा तयार पारिएकाे

प्रतिक्रिया दिनुहोस्