पूर्वका निजी अस्पतालमा ३० प्रतिशतसम्म शूल्क वृद्धि



सरोज यादव, विराटनगर ।

निजी अस्पतालहरूको साझा संस्था (अफिन) ले यही साउन १ गतेदेखी लागू हुने गरि सवै प्रकारको स्वास्थ्य सेवामा ३० प्रतिसतसम्म शूल्क वृद्धी गर्ने निर्णय गरेको छ ।
सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक १५ हजार पुर्याए लगत्तै शूल्क वृद्धी गर्ने निर्णय गरेको हो ।
अफिनका अध्यक्ष डा शंकर अधिकारीले स्वास्थ्य सेवाको लागी अतिआवश्यक पर्ने कच्चा पदार्थको मूल्यवृद्धिसँगै कर्मचारीको तलव वृद्धिले बाध्य भएर सेवा शूल्क बढाउनु परेको बताए ।
संस्थाको  क्षेत्रीय समितिको वैठकले डाक्टरहरू नियमित चेकजाँच देखी ल्यावसम्ममा सेवामा १० प्रतिशत देखी ३० प्रतिसत शूल्क वृद्धि गर्ने निर्णय गरेको हो । ५ बर्षदेखी चिकित्सकले विरामी जाँच गर्दा ५ सय शूल्क लिदै आइरहेका छन । अव यो शूल्क वृद्धि गरिएर ६ सय ५० पुग्ने छ ।
यस्तै रगतको जाँचमा हुने सवै शूल्क पनि वृद्धि हुने दाहालको भनाई छ । भिडियो एक्सरे , अप्रेशन , सिटी स्कान , एक्सरे, इन्डोस्कोपी , क्रोनोस्कोपी , लगायतका सवै सेवामा १० देखी ३० प्रतिसतले शूल्क वृद्धि गरिने अफिनका कोेषाध्यक्ष प्रकाश दाहालले बताए ।
पूर्वका विभिन्न जिल्लाका ३० भन्दा बढी ठूला निजी अस्पतालहरूले यो निर्णय कार्यान्वयनमा ल्याउदैछ ।
संस्थाका अनुसार पूर्वका निजी अस्पतालहरूले ३० हजार बढी डाक्टर , नर्स , कर्मचारीलाई रोजगारी दिएको दावी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्