श्वेताश्री फाउन्डेसनलाई जूनकीरीको सहयोग



रंगकर्मी नानी थापाले आफ्नो जन्मदिनको अवसर पारेर नायक तथा निर्माता स्व. श्रीकृष्ण श्रेष्ठ र नायिका तथा निर्मात्री श्वेता खड्काका नाममा स्थापित श्वेताश्री फाउन्डेसनलाई १ लाख रुपियाँ आर्थिक सहयोग गरेकी छिन्।

थापाले आफ्नो नाटक जूनकीरीको मञ्चनबाट संकलित रकम सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माण गरिरहेको फाउन्डेसनलाई सहयोग गरेकी हुन्। केही महिनाअघि थापाद्वारा लिखित, निर्देशित र अभिनित एकल नाटक जूनकीरीको च्यारिटी शो आयोजनाबाट उठेको रकमको चेक फाउन्डेसनकी अध्यक्ष तथा नायिका तथा निर्मात्री श्वेता खड्कालाई हस्तान्तरण गरेकी हुन्।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित औपचारिक कार्यक्रमका बीच थापाले उक्त सहयोग हस्तान्तरण गरेकी हुन्। कार्यक्रममा नाटककार अशेष मल्ल, विभिन्न रंगकर्मी, कलाकर्मी तथा नाट्यप्रेमीहरूको सहभागिता रहेको थियो। नायिका श्वेता खड्काले नानीले आफ्नो सामाजिक दायित्वलाई आत्मसात गर्दै परोपकारी भावनाकासाथ फाउन्डेसनलाई प्रदान गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्