पाकिस्तानका पूर्वप्रधानमन्त्री विमानस्थलबाट पक्राउ



रावलपिण्डी । पाकिस्तानका पूर्वप्रधानमन्नत्री नवाज शरीफ र उनकी छोरी मरियम नवाजलाई स्वदेश फिर्ता भए लगत्तै सुरक्षाकर्मीले गिरफ्तार गरेका छन् ।

नवाज र मरियमलाई विमानस्थलबाटै शुक्रबार राति सुरक्षाकर्मीले गिरफ्तार गरेका हुन् ।

उनीहरू चढेको विमान अबुधाबीबाट लाहोर विमानस्थलमा अवतरण भए लगत्तै पाकिस्तानको नेशनल एकाउन्टिबिलिटी ब्युरो, एनएबीका अधिकारीले उनीहरुलाई पक्राउ गरेका हुन् ।

नवाज शरीफले कारमा जान अस्वीकार गरेपछि उनी र उनकी छोरी मरियमकलाई विमान मार्फत रावलपिण्डीको अडिायाला जेलमा लगिएको बिबिसीले उल्लेख गरेको छ ।

उनीहरूलाई अदालतमा पेश नगरी सीधै जेल लैजाने अनुमति वकिलहरुले पाए, अदालतले रावलपिण्डीको अडियाला जेलका प्रमुखलाई चिट्ठी लेखेर नवाज र मरियमको गिरफ्तारीलाई आधिकारिकता दिएको छ ।

नवाज शरीफ अहिले अडियाला जेलमै रहने छन् । तर स्वास्थ्य परीक्षण तथा अरु औपचारिकता पूरा भउपछि मरियमलाई इस्लामावादको प्रहरी एकेडेमीमा रहेको सिहाला रेस्ट हाउसमा लगिनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्