मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं, (नेस)
मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोशकराज पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौता भए पश्चात सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजना मुक्तिनाथ विकास बैंकको देशभर रहेका शाखा कार्यालयबाट उपलब्ध हुने छन् ।
मुक्तिनाथ विकास बैंकले आफ्ना ८३ वटा शाखा, १३ वटा एटीएम र ३ लाख ७५ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्