पुँजी बजारमा लगानीकर्ताले एक सातामा ३८ अर्ब गुमाए



नेपाल समाचारपत्र, काठमाडौं
लामो समयदेखि १ हजार २ सय अंकको बिन्दँ वरिपरि रुमलिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसँचकलाई मौद्रिक नीतिले केही सकारात्मक प्रभाव पार्ने आंकलन गरिएको थियो । तर, मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले पुँजी बजारका लागि ‘डाउन पेमेन्ट’, मार्जिन ल्यान्डिङलगायत केही नयाँ व्यवस्था ल्याए पनि शेयरमा सुधान देखिएन ।

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको यससाता पुँजी बजारमा लगानीकर्ताहरू उत्साहित हुन सकेनन् । साताको परिसँचक पहिलो दिनको तुलनामा ३२ दशमलव ४१ अंकले घटेर नेप्से परिसँचक १ हजार १ सय ९१ दशमलव ९८ अंकमा झरेको छ । साताभरी कुल १ सय ९१ कम्पनीको २४ हजार ३ सय ७० कारोबारबाट २ अर्ब ११ करोड ८८ लाख ८ हजार रुपियाँ बराबरका ६१ लाख १२ हजार ३ सय ७० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

गत साताभन्दा ५८ दशमलव ४४ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपियाँ बराबरको ४२ लाख ५४ हजार ५ सय ५० कित्ता शेयर किनबेच भएको थियो । साताको पहिलो दिन कुल पुँजीकरण १४ खर्ब ४९ अर्ब रुपियाँ रहेको थियो । तर, साताको अन्तिम कारोबार दिन बिहीबार समग्र पुँजीकरण १४ खर्ब ११ अर्ब रुपियाँमा झरेको छ । समग्रमा मौद्रिक नीति आउने साता लगानीकर्ताले ३८ अर्बभन्दा बढी गुमाएका छन् ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसँचक पहिलो दिनको तुलनामा ६ दशमलव ६८ अंकले घटेर २ सय ५१ दशमलव शँन्य ५ अंकमा पुगेको छ । साताभर कारोबार भएका कम्पनीमध्ये सबैभन्दा बढी एभरेस्ट इन्स्योरेन्स कम्पनीको १५ करोड २५ लाख रुपियाँको बराबरको शेयर किनबेच भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याको आधारमा सबैभन्दा धेरै कुमारी बैंकको संस्थापक शेयर ३ लाख ९० हजार कित्ता खरिद बिक्री भएको छ।

कारोबार संख्याका आधारमा भने रैराङ हाइड्रोपावर अग्रस्थान रहेको छ, जसको संख्या १ हजार ४ सय ४९ वटा कारोबार भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार पाँच दिन खुल्ला रह्यो । यस साता कुनै पनि कम्पनीको शेयर सँचीकरण भएन ।

प्रतिक्रिया दिनुहोस्