फ्यानले विभेदकारी नाराका लगाएकोमा छानविन



मस्को, (एजन्सी)
गत बुधबार क्रोएसियाविरुद्ध विश्वकपको सेमिफाइनलमा विभेदकारी नारा लगाएको भन्दै फिफाले इंग्ल्याण्डका समर्थकमाथि छानविन गर्ने भएको भएको छ ।

मस्कोस्थित लुज्निकी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डका समर्थकहरूले विभेदकारी नाराबाजी गरेको पाइएकोले फिफाले छानबिन थालेको हो । यदि विभेदकारी नारावाजी गरेको पुष्टि भएमा इंग्ल्याण्ड फुटबल एसोसिएशनविरुद्ध अनुशासन कारबाही गर्ने फिफाले जनाएको छ ।

‘हामी पुष्टि गर्न सक्छौँ कि इंग्ल्याण्डका समर्थकहरूद्वारा सम्भावित विभेदकारी प्रकृतिको नाराबाजीहरूका सम्बन्धमा एन्टी डिस्क्रिमिनेटोरी मोनिटोरिङ सिस्टम (भेदभावविरुद्धको निगरानी प्रणाली) को माध्यमबाट एक रिपोर्ट दायर गरिएको छ,’– फिफाले जनाए ।

खेलमा ‘नो सररेन्डर’ भन्ने नाराबाजी मैदानबाट स्पष्ट सुनिएको थियो । क्रोएसियासँगको खेलमा धेरै समर्थकहरूले सो नाराबाजी गरेका बताइएको छ । यस्तै लुज्निकी स्टेडियमकै सोही खण्डबाटै केही इस्लाम विरोधी नाराबाजी र नाजी सलामहरु प्रदर्शन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्