प्लेयर्स टू वाच: केन भर्सस लुकाकु



जारी विश्वकपको ६ खेलमा बेल्जियमले १३ गोल गर्दा विपक्षीबाट ५ गोल बेहोरेका छन् । यस्तै इंग्ल्याण्डले भने समान खेलबाट १२ गोल गर्दा विपक्षीबाट ६ गोल बेहोरेका छन् ।

शनिबार हुने खेलमा जारी विश्वकपमा ६ गोल गरेर सर्वाधिक गोलकर्ताको अग्रस्थानमा रहेको ह्यारी केन र ४ गोल गरेर पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँगै दोस्रो सर्वाधिक गोलकर्ता बेल्जियमका रोमेलु लुकाकुले पनि सबैको ध्यान तान्नेछ ।

उपाधि होडबाट बाहिरिए पनि तेस्रो स्थानका लागि हुने खेलमा यी दुवै खेलाडीले गोल्डेन बुट जित्नका लागि मरिहत्ते गरेर खेल्ने सम्भावना छ । जारी विश्वकपमा सर्वाधिक ६ गोल गरिसकेका ह्यारी केन सन् १९८६ मा गेरी लिनेकरपछि गोल्डेन बुट जित्ने पहिलो इंग्लिश खेलाडी बन्ने दाउमा देखिन्छ।

प्रतिक्रिया दिनुहोस्