‘नेपालमा फुटबल विकासका लागि धेरै घच्घच्याएको छु’



—फिफा अध्यक्ष हाभेलान्ज
१६ औं विश्वकप फुटबल संचालन हुन अब केही दिन मात्र बाँकी छ । विश्वका अरबौं मानिसहरु व्यस्त हुने खेल जगत्को यस महान पर्वको उपलक्ष्यमा साधना का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ र सह–सम्पादक ओमशंकर श्रेष्ठले संयुक्त रुपमा फुटबल जगत्का भीष्म पितामह मानिने फिफाका अध्यक्ष जाओ हाभेलान्जसँग साधना विश्वकप फुटबल विशेषांकका लागि लिइएको ऐतिहासिक र दुर्लभ अन्तर्वार्ताको नेपाली रुपान्तर ।

तपाईं हालै हुन लागेको विश्वकप ९८ र विगतका विश्वकपबीच के फरक पाउनु हुन्छ ?
फिफा अध्यक्षको हैसियतले मेरो कार्यकालको यो छैठौं फिफा विश्वकप हुनेछ । मेरो विचारमा फिफाको संस्थागत विकास, सुरक्षा र फुटबल खेलकै विकासका लागि हालसम्मका विश्वकपले धेरै महत्वपूर्ण निभाउँदै आएको छ ।

तपाईलाई थाहै छ, हामी बस्ने यस आधुनिक विश्वमा प्राविधिक विकास दु्रत गतिले भइरहेको छ । विश्वकप फुटबल प्रतियोगिता र यसप्रति जन चासो बढ्नुको एक प्रमुख कारण पनि यही हुन सक्छ । विज्ञान र प्रविधिमा आएको विकासप्रति हामी नतमस्तक हुनै पर्दछ । उदाहरणको लागि फ्रान्सका विश्वकप आयोजना हुने सबै शहरसँग जोड्ने त्न्ख् (उच्च गतिको टे«न) ले हाम्रो संस्थाको उद्देश्यलाई अझै मजबुत गरेको छ ।

पेरिस मुख्य खेलस्थल हुनेछ भने, टीजीभीको सुविधाको कारण खेलाडीहरु र दर्शकहरुले एक शहरबाट अर्को शहरमा छिटो छरितो र आरामदायी यात्रा गर्नेछन् ।

विश्वकप फाइनल प्रतियोगितामा सहभागिताको संख्या बढाउन फिफाले के कस्ता समस्या भोग्नु प¥यो ?

फिफाले यसका लागि केही समस्या भोग्नु परेन । मेरो व्यक्तिगत धारणा पनि सहभागिता संख्या वृद्धिप्रति सकारात्मक रहेको छ ।

(क) १६ वटा राष्ट्रको सहभागिता रहँदा विश्वकप फाइनलमा २५ दिनमा ३२ वटा म्याच खेलाइएको थियो । विजेता र उपविजेता र तेस्रो स्थान प्राप्त गर्ने टोलीले सातवटा म्याच खेले । त्यसको लागि कूल ७ करोड ८० लाख अमेरिकी डलर खर्च भएको थियो ।

(ख) २४ टोली सहभागी गराइदा ३० दिनमा ५२ वटा म्याच खेलाइएको थियो । विजेता र उपविजेता टोलीहरुले ७ वटा म्याच खेले । त्यसका लागि कूल ५० करोड डलर खर्च भएको थियो ।

(ग) अब ३२ वटा टोलीले ३२ दिन भित्र कूल ६४ वटा म्याच खेल्ने छन् । सन् २००२ को विश्वकपमा १ अर्ब २० करोड तथा सन् २००६ विश्वकपमा १ अर्ब ६० करोड डलर खर्च लाग्ने अनुमान गरिएको छ ।

माथि उल्लिखित तथ्यबाट सहभागिता संख्या १६, २४ वा ३२ हुँदा पनि कुनै पनि टोलीले अधिकतम ७ वटा म्याच मात्र खेल्नुपर्ने हुनाले खेलाडीहरुलाई शारीरिक, चिकित्सकीय र प्राविधिक हिसाबले कुनै नराम्रो असर नपर्ने देखिन्छ ।

प्रतियोगिताको अवधिलाई गहन अध्ययन पश्चात् उपयुक्तताको आधारमा २५ बाट ३२ दिनमा लम्ब्याइएको हो । तेस्रो कुरा आधुनिक विश्वमा लगानीमा वृद्धि हुनु भनेको हाम्रो विचारमा सबै पक्ष लाभान्वित हुनु हो ।

तपाईंले फिफा माथि शासन चलाउनु हुँदा दुई चोटि विश्वकप सहभागिता संख्यामा वृद्धि गरियो । के तपाईंको विचारमा अझै सो संख्यामा वृद्धि गरिनु आवश्यक छ ?

माफ गर्नुस, मैले फिफामाथि शासन चलाइनँ । म नेशनल एसोसियशन अफ फिफाद्वारा प्रजातान्त्रिक ढंगले चुनिएर फिफाको अध्यक्ष बनेको हुँ । जहाँसम्म सम्भावित सहभागिता संख्या वृद्धिको कुरा छ, मेरो विचारमा वर्तमान सहभागिता संख्या ३२ नै उपयुक्त जस्तो लाग्दछ ।

Mr. Pushkar Lal Shrestha

Editor-in-Chief

Kamana Group of Publications

P.O. Box 2045

Kamana Plaza

Kathmandu

Dear Mr. Pushkar Lal Shrestha

Your letter dated 19 th February didn’t arrive at FIFA until the 4th March while I was abroad on a programme of visits to our National Association in various continents.

On returning to Zurich, I hasten to reply to your questionnaire.

Yours Sincerely,

Joao Havelange

के तपाईंको विचारमा जूनमा हुने फिफाको चुनावबाट विश्वकप फ्रान्स ९८ प्रभावित हुन्छ ?

तपाईंले एकदमै राम्रो प्रश्न गर्नु भएकोमा मलाई खुशी लागेको छ । किनकी मैले हाम्रो व्यवस्थापन समितिका सदस्यहरुलाई धेरै पहिलेदेखि १९९८ को विश्वकपलाई मध्यनजर राखी आगामी सन् २००० मा मात्र फिफाको चुनावको लागि सल्लाह दिँदै आएको थिएँ ।

ती दुई वर्षबीच रिक्त रहेको फिफा अध्यक्ष पदमा सबैभ्न्दा वरिष्ठ फिफा उपाध्यक्षलाई अध्यक्षता ग्रहण गराउन सल्लाह दिएको थिएँ । तर दुर्भाग्यवश युएफाका सदस्यहरुले यो प्रस्ताव मान्नु भएनन् । अहिले विश्वकपको सम्मुख चुनावको समस्या आइपरेको छ र खेलकुदलाई राजनीतिसँग मिसाउनु संभव छैन ।

तपाईंले फिफा अध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी दिनुहुँदा तेस्रो विश्वका मुलुकहरुमा फुटबलको स्तर विकासलाई प्रमुख मुद्दा बनाउनु भएको थियो । हालसम्म यस विषयमा तपाईंले चाल्नु भएका प्रयासहरुबारे केही अवगत गराइदिनु हुन्छ की ?

विश्वभर नै फुटबल विकास कार्यक्रम अभियान चलाउन पाएकोमा साह«ै खुशी लागेको छ । आज फुटबल हाम्रो खेल, अतिविकसित र महत्वपूर्ण भएको छ ।

विश्वका सम्पूर्ण महादेसमा भएको यस खेलको आश्चर्यजनक विकासले हाल विश्वमा यस खेल अन्तर्गत मात्र ४५ करोड जनताले रोजगार पाइरहेका छन् । यस प्रतियोगिता संचालनमा आएको व्यापकताको कारणबाट यस खेलसँग उद्योग र पर्यटनको पनि परोक्ष र अपरोक्ष सम्बन्ध रहने भएकोले विविध आर्थिक क्षेत्रमा फुटबलले वर्षेनी २५ अर्ब डलर बराबरको व्यापार गर्दै आएको छ ।

हाम्रो दृष्टिकोणमा फुटबलले विश्वको उद्योग, अर्थ तथा वाणिज्य विकासलाई संस्थागत गरिसकेको छु ।

 

विश्वकप इतिहासमा पहिलो पटक आगामी सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा यस प्रतियोगिताको आयोजना गर्दैछन् । उक्त विश्वकपको कस्तो उपेक्षा गर्नु भएको छ र यदि सो विश्वकप आयोजनामा उत्तर कोरिया पनि संलग्न हुन चाहेमा फिफाले कसरी प्रतिक्रिया गर्नेछ ?

हो, पहिलो पटक फिफाको कार्यकारिणी समितिको निर्णयानुसार जापान र दक्षिण कोरियाले सन् २००२ मा विश्वकप नयाँ शताब्दी र अन्य सबै क्षेत्रमा ठूलो उपलब्धिको रुपमा रहने छ । जहाँसम्म तपाईंको उक्त विश्वकपमा उत्तर कोरियाको संलग्नताको प्रश्न छ, हामी फुटबलकै माध्यमले उत्तर र दक्षिण कोरियाबीच सहयोग र भाइचाराको शुरुवात गर्न हरसंभव प्रयास गर्दैछौं ।

विश्वकपमा एसियाली राष्ट्रहरुको अधिक सहभागिता नबढ्नुका प्रमुख कारणहरु के के होला ?
यदि तपाईं राम्ररी सम्झन सक्नुहुन्छ भने, केही वर्ष अघिसम्म पनि एसियामा फुटबलको अस्तित्व कस्तो थियो सम्झनु हुनेछ । मेरो अध्यक्षतामा फिफाले यस क्षेत्रमा फुटबल खेलको विकास कार्यलाई निकै अघि बढाएको छ । अहिले विश्वकप १९९८ मा एसियाली प्रतिनिधित्व राम्रो हुनेछ ।

 

फिफा अध्यक्ष पदको उम्मेदवारी दिने यहाँको कुनै योजना छ की ?

सन् १९९२ को डिसेम्बर महिनामा बार्सिलोनामा सम्पन्न फिफा कार्य कारिणी समितको आठौं बैठकमा उपस्थित सबै सदस्यहरुलाई एउटा लिखित पत्र दिँदैं मैले आफुले आइन्दा फिफा अध्यक्ष पदको उम्मेदवारी नदिने सूचना दिएको थिएँ ।

आफनो कार्यकालमा वर्षेनी कार्यको सिलसिलामा न्युनतम ८ सय घण्टा विमान यात्रामा बिताई मैले आफनो कार्ययोजना सम्पन्न गरिसकेको छु । आफनो परिवार र राष्ट्र ब्राजिलबाट त्यस खेलमा प्रतिवर्ष ३ सय दिन टाढा रहेको छु ।

माथि उल्लेखित दुईवटा समयलाई २४ ले गुणन गरेर हेर्नुभएमा सन् १९९६ को उक्त बैठकमा लिएको मेरो निर्णयको कारण बुझ्नु हुन्छ ।

विवादास्पद गोल्डेन गोल नियमलाई कसरी विश्लेषण गर्नु हुन्छ ?
हामीले संचालन गरेका थुपै्र च्याम्पियनसिप प्रतियोगिताहरुमा लागु भइसकेको यो नियम अन्तत निकै महत्वपूर्ण सावित भएको छ ।

अल्प विकसित राष्ट्रहरु जस्तै नेपालमा फुटबल खेलको विकासको लागि फिफाले के कस्ता योजना तर्जुमा गरेको छ ?

फिफा अध्यक्ष भएर मैले ४ पटक नेपालको भ्रमण गर्दा त्यहाँका सम्बन्धित निकायहरुलाई फुटबल खेलको विकासका लागि घच्घच्याउको थिएँ । तर नेपाल अधिराज्यमा फुटबल खेल स्थापित गर्ने लक्ष्य सामू केही निश्चित बाधा अड्चनहरु पक्कै छन् । जेहोस तपाईहरुको नेशनल एसोसियशनले यस क्षेत्रमा थुपै्र विकास गरिरहेको छ ।

 

तपाईंको व्यक्तिगत विचारमा कुन राष्ट्रले विश्वकप १९९८ का सफलता पाउनेछन् ?

विगतका झैं यसपालिको पनि विश्वकपको उच्च गुणस्तरीयता र सहभागी टोलीहरुको प्राविधिक दक्षताको आधारमा भावी विश्व च्याम्पियनको अनुमान गर्न करिब करिब असम्भवै छ । सो उपाधिको करिब १ दर्जन टोली सम्भावित हकदार छन् ।

 

फिफाको नियमानुसार आयोजक राष्ट्रले विश्वकपमा स्वतः प्रवेश पाउँछ । सन् २००२ को विश्वकप जापान र दक्षिण कोरियाले संयुक्त आयोजना गर्न लागेका छन् । के ती दुबै राष्ट्र सो विश्वकपमा स्वतः छनौट हुन्छ त?

आयोजक राष्ट्रलाई स्वतः छनौट गर्ने सम्झौता सबै पक्षबाट स्वीकार्य भएकोले हाम्रो लागि यो कुनै समस्या हैन । सन् २००२ को विश्वकपमा जापान र दक्षिण कोरियाले स्वतः प्रवेश पाउने छन् । मलाई आशा छ, सो विश्वकपमा कोरियाली टालीमा उत्तर र दक्षिण कोरियाका खेलाडीहरु सम्मिलित हुनेछन् । जुन विश्व खेलकुदको मात्र नभई विश्व राजनीतिकै सफलता सािवत हुनेछ ।

मैले तपाईका सबै प्रश्नहरुको जवाफ दिएको महसुस गर्दै तपाईको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
(स्रोत: साधना, पूर्णांक ५५, विश्वकप विशेषांक १९९८)

 

                                              

 

 

प्रतिक्रिया दिनुहोस्