मैत्रीपूर्ण कर्पोरेट फुटसल सम्पन्न



काठमाडौं, (नेस)
जित वा हार मित्रवत् व्यवहार भन्ने मूल नाराका साथ वेलकम एडभर्टाइजिङले रुसमा जारी फिफा विश्वकप २०१८ को अवसरमा मैत्रीपूर्ण कर्पोरेट फुटसलको आयोजना गरेको छ । वेलकम एड्भर्टाइजिङले नेपालका कर्पोरेट हाउसहरुलाई एकै मैदानमा जुटाएर मित्रता एवम सदभाव आदानप्रदान गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको होे ।

यस प्रतियोगितामा आयोजक वेलकम एड्भर्टाइजिङ् लगायत, जेसीबि, जगदम्बा स्टिल, सिप्रदी (कमर्सियल भेइकल विजनेश यूनिट) सिप्रदी (प्यासेन्जर भेइकल विजनेश यूनिट) र सिप्रदी म्याक लुब्रीकेन्टको सहभागिता रहेको थियो ।

उक्त खेल पछि भव्य समारोहका बिच प्रमाण पत्र समेत वितरण गरिएको थियो । समारोहमा वेलकम एड्का अध्यक्ष निर्मल राज पौडेलले यस्ता खेलहरुले कुनैपनि कार्यालयका कर्मचारीहरुमा उत्साह र उमंग बढाउन मद्दत गर्नुका साथै उनिहरुको अत्माबल समेत बढाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्