नताल्या इंग्ल्यान्डको प्रशंसक



मस्को, (एजेन्सी)
फिफा विश्वकपमा जसरी इंग्ल्यान्ड टोली खेलिरह्यो त्यसले उनीहरुको प्रशंसक संख्या बढाइरहेको छ । इंग्ल्यान्डको प्रशंसकमा एक नाम रुसकी सुपरमोडल नताल्या भोडियानोभा पनि जोडियो । भोडियानोभाले क्रोएसियाविरुद्ध इंग्ल्यान्ड जितोस भन्ने कामना गरेकी थिइन् ।

यदि जितेको भए उनको राष्ट्र रुसलाई क्रोएसियाले क्वार्टरफाइनलमा हराएको बदला पनि पुरा हुने उनले बताइन् । इंग्ल्यान्ड सेमिफाइनल खेल जित्न सकेन र रुसी सुपर मोडल निरास पनि भइन् ।

भोडियानोभाले ब्रिटेनमा रहेका जस्टिन पोर्टम्यानसँग बीहे गरेकी हुन् । जुन अहिले ७ वर्ष भइसकेको छ । यही दौरान भोडियानोभा ब्रिटेनमा रहेकी छिन् । उनको साथ रुस र ब्रिटेनको दोहोरो नागरिकता पनि छ ।

भोडियानोभाको भनाई छ कि ब्रिटेनमा रहेर उनले त्यहाँको संस्कृतिको दिवानी भएकी थिइन् । इंग्ल्यान्ड टोली बीहे गर्न अगाडि देखि नै मन परेको उनले बताइन् । उनको चाहना थियो कि ह्यारी केनले विजयी गोल गरेर इंग्ल्यान्डलाई फाइनलमा पु¥याउँ ।

प्रतिक्रिया दिनुहोस्