एफील टावर बन्द हुने



पेरिस, (एजेन्सी)
विश्वकपमा फ्रान्स र क्रोएसियाबीचको विश्वकप फाइनल प्रत्यक्ष प्रसारणको कारण एफील टावर बन्द रहने भएको छ ।

आइतबार हुने फाइनल दौरान एफिल टावर सुरक्षा कारणहरुबाट बन्द रहनेछ । किनभने योसँगै रहेको चेम्प्स डि मार्स पार्कमा रहेको बडेमान पर्दामा खेल प्रसारण गर्नेछ । देसका सबैभन्दा लोकप्रिय स्थलमा खेल हेर्न लाखौं दर्शक ओइरिने अपेक्षा गरिएको छ ।

प्रबन्धन कम्पनी एसईटीईले बतायो—पेरिस पुलिसले सुरक्षा कारणले एफिल टावर बन्द राख्ने आग्रह गरेको छ । फ्रान्स र पोर्चुगलबीचको युरो २०१६ को फाइनल खेल हेर्न चेम्प्स डि मार्स फ्यान जोनमा ९० हजार मानिस पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्