सुन्दरी महिलाको फोटो नखिँच्न आग्रह



मस्को, (एजेन्सी)
रुसमा जारी विश्वकपमा एकतर्फ कमजोर टोलीका खेलाडीले सबैलाई आश्चर्यचकित बनाए । त्यही स्टेडियममा रहेका सुन्दरी महिलाहरुलेपनि दर्शकको ध्यान आफुतिर तानेका छन् । खेल दौरान क्यामेराम्यानले सेक्सी देखिरहेका महिला र केटीहरुलाई ध्यान केन्द्रीत गरेको विषयमा फिफाले क्यामेराम्यानले यस्तो ग्लेमर फोटो नखिँच्न आग्रह गरेकोे छ ।

फिफाले महिलाप्रति क्यामरा धेरै फोकस गर्ने प्रसारकहरुलाई चेतावनी समेत दिएको छ । फिफाले बतायो कि खेलको दौरान अधिकतर क्यामरापर्सन हट महिला फ्यान्समाथि ज्यादै फोकस गरेका छन् । यस्ता प्mयान्सको धेरै फोटो लिइरहेको हुन्छन् । उनीहरुले यस्तो गर्न हुँदैन ।

फिफाको अनुसार यो लैंगिक भेदभावको भएको छ । भेदभावको विरुद्ध काम गर्ने समूह फेयर नेटवर्कले मानेको छ कि रुसमा लैंगिक भेदभाव धेरै समस्या हो । उसले कयौं खेलमा यस्तो देखियो कि लगभग ३० मामिला सामुने आएको जानकारी दिइयो।

प्रतिक्रिया दिनुहोस्