११ महिनामा ४१ सय ७ वटा मुद्दा दर्ता,सम्बन्ध विच्छेदमा बढी



उत्तम नेपाल, भद्रपुर ।
झापा जिल्ला अदालतले एघार महिनाको अबधिमा ४ हजार १ सय ७ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता गरेको छ । गत आर्थिक बर्षको जिम्मेवारी सरेर आएका १ हजार ६ सय ३९ र चालु आर्थिक बर्षको जेठ मसान्तसम्म २ हजार ४ सय ६८ गरि उक्त तथ्याङ् बरावरको मुद्दा दर्ता गरेको अदालतले जनाएको छ ।

अदालतमा आउने प्रमुख मुद्दामध्ये अङ्समा ४ सय १६, सम्बन्ध विच्छेद ६ सय ६३,जवरजस्ती करणी(उद्योग तथा हाडनाता करणी समेत) १ सय ६ ,मानव बेचबिखन तथा ओसार पसारमा २७,लागू औषध १ सय ११ र अन्यमा एक हजार एक सय ४५ वटा मुद्दा दर्ता भएको सुचना अधिकारी हरि प्रसाद पराजुलीले जनाए । अदालतमा दर्ता भएका मुद्दामा सवै भन्दा बढी सम्बन्ध विच्छेद रहेको तथ्याङ्ले देखाएको पराजुलीले बताए । जिम्मेवारी सरेर आएको समेत गरेर दर्ता भएका मध्ये जेठ मसान्त सम्म २ हजार पन्ध्रवटा मुद्दा अदालतबाट फर्छौट भइसकेको पराजुलीले बताए । अदालतले दिएको विवरण अनुसार फर्छौट भएका मुद्दामा अङ्समा ३ सय ३३, सम्बन्ध विच्छेदमा ६ सय २,जजकमा ७४, मानव बेचबिखन तथा ओसार पसारमा १८वट मुद्दा फर्छौट भइसकेको छ । त्यसैगरि लागू औषधमा ८२ र अन्यमा गरि ९ सय ६ वटा मुद्दा फर्छौट भइसकेको तथ्याङ्ले देखाएको छ ।

अदालतले चालु आर्थिक वर्षको अन्तसम्म अघिल्लो बर्षको जिम्मेवारी सरेर आएको समेत गरि ४ हजार ४ सय ३२ वटा कुल दर्ता हुन आउने र जस्मा २ हजार ८ सय ८१ फर्छौट भई ६५ प्रतिशत फर्छौटको अनुमान गरेको न्यायाधीस माधव अधिकारीले बताए । अनुमान गरे अनुसार जेठ मसान्त सम्म ४ हजार १ सय ७ वटा दर्ता भएर २ हजार पन्ध्रवटा मुद्दा फर्छौट भइसकेको अधिकारीले जनाए । जसअनुसार ४९ प्रतिशत फर्छौट भइसकेको र २ हजार ९२ वटा मुद्दा बाँकी रहेको उनको भनाई छ ।

६ वटा इजलास भएपनि दरबन्दी पुर्ति नभएका कारण चार जना न्याायधीसले काम गर्नु पर्ने भएकोले लक्ष्य अनुरुप प्रगती हुननसकेको जिल्ला न्यायाधीस खिलनाथ रेग्मीले बताए । कर्मचारी सरुवाको महिना नमिल्नु र तीन तहको निर्वाचनले गर्दा सोचेअनुसार काम हुननसकेको रेग्मीले बताए । कानून व्यवसायीले कुनै काम बिगारेमा अदालततमा आरोप आउने भएकोले दुःख लाग्ने गरेको उनको भनाई छ । बाहिरका मान्छेको बुझाइमा अदालत महङ्गो हुने जानकारी आउने गरेकोप्रति उनले गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्