निकारागुआमा पछिल्ला हिंसामा चार प्रहरीको मृत्यु



मानागुआ ।
निकारागुआमा राष्ट्रपति ड्यानिएल ओर्टेगाविरुद्ध बिहीबार भएको प्रदर्शनका क्रममा चार प्रहरीसहित पाँच व्यक्तिको मृत्यु भएको छ ।

केही महिनायतादेखि जारी रहेको यस प्रदर्शनमा परी २६० व्यक्ति हताहत भइसकेका पनि समाचारमा जनाइएको छ ।

मध्य अमेरिकी देश निकारागुआमा राष्ट्रव्यापीरुपमा नै तीनदिनयतादेखि रक्तपातपूर्ण हिंसा जारी रहेको समाचारमा जनाइएको छ ।

बिहीबार भएको हताहतको प्रहरीले पुष्टि गरेको छ । साथै सो हिंसा आतङ्ककारीको समूहले गराएको दाबी पनि प्रहरीको रहेको छ ।

निकारागुआमा राष्ट्रपति ड्यानिएल ओर्टेगाविरुद्ध गएको तीन महिनायता जारी रहेको प्रदर्शनका क्रममा कम्तीमा २६४ व्यक्ति मारिएका ‘इन्टर अमेरिकन कमिशन अन ह्युम्यान राइट्स’ ले जानकारी दिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्