प्रतिबद्धता पूरा नगरेकोमा भारतलाई इरानको चेतावनी



तेहरान, (एजेन्सी)
प्रतिबद्धताअनुरूप लगानी नगरेकोमा भारतको आलोचना गर्दै इरानले भारतको आलोचना गरेको छ। सामरिकरूपमा महत्वपूर्ण चाबहार बन्दरगाहमा प्रतिबद्धताअनुसारको भारतले लगानी नगरेको र इरानबाट भारतले तेल आयात कम गर्छ भने उसले पाइरहेको विशेष लाभ अन्त्य हुन सक्ने तेहरानले चेतावनी दिएको छ।

इरानका उपराजदूत तथा यस मामिलाको अख्तियारी पाएका मसुद रजवानियन रहागीले भने– ‘यदि भारत अन्य देशले जस्तो इरानबाट तेल आयात कम गरी साउदी अरेबिया, रुस, इराक र अमेरिकाबाट आयात गर्छ भने उसले पाउने विशेष लाभ इरानले अन्त्य गर्नेछ।’

चाबहार बन्दरगाह र त्योसँग जोडिएका परियोनाका लागि गरिरएका लगानीका प्रतिबद्धता अहिलेसम्म पूरा नगर्नु दुर्भाग्यपूर्ण भएको इरानी कूटनीतिज्ञले बताए। यदि चाबहार बन्दरगाहमा उसको सहयोग र सहभागिता सामरिकरूपमा महत्वपूर्ण हो भने भारतले यस सम्बन्धमा तत्काल आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिए।

इराक र साउदी अरेबियापछि इरान भारतको तेस्रो सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो। इरानले सन् २०१७ अप्रिलदेखि सन् २०१८ जनवरीसमम भारतलाई १ करोड ८४ लाख टन कच्चा तेल आपूर्ति गरेको थियो।
इरानसँग परमाणु सम्झौतालाई निरस्त गरेपछि अमेरिकाले भारत र अन्य देशलाई नोभेम्बर ४ सम्म इरानसँगको तेल आयात शून्य गर्न दबाब दिँदै आएको छ। अन्यथा प्रतिबन्ध झेल्नुपर्ने चेतावनी दिएको छ। यसै वर्ष मेमा
बेनजिर पुत्र विलावल संसदीय चुनाव लड्दै

इस्लामावाद, (एजेन्सी)
हत्या गरिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनजिर भुटोलका पुत्र विलावल भुटो जरदारीले बुधबार आफूले आफ्नी आमाको ‘शान्तिपूर्ण, प्रगतिशील, समृद्ध, प्रजातान्त्रिक पाकिस्तान’ को परिकल्पनालाई कार्यान्वयन गर्न अभियान चलाइरहेको बीबीसीलाई जानकारी दिएका छन्।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष विलावल भुटोले पहिलोपटक संसद् सदस्यका लागि चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन्। पाकिस्तानमा यही २५ जुलाईमा आम चुनावको आयोजना हुँदै छ।
सन् २००७ को चुनावी र्यालीमा एक आत्मघाती बम आक्रमणकारीले विस्फोट गरँउँदा बेनजिरको निधन भएको थियो। आफ्नी आमाको मृत्यु भएको केही समयपछि नै २९ वर्षीय विलावल भुटोलाई उनका पिता आसिफ अली जरदारीसँगै संयुक्त नेता बनाएको थियो।

पाकिस्तानी राजनीतिमा प्रवेश गर्ने उनी आफ्नो परिवारको तेस्रो पुस्ता हुन्। सत्तरीको दशकमा पाकिस्तानको प्रधानमन्त्री रहेका उनका हजुरबुबा जुल्फिकर अली भुटोलाई तत्कालीन सैनिक तानाशाह जनरल जियाउल हकले फाँसी दिएका थिए। तर, अहिले आएर पीपीपीप्रतिको जनसमर्थनमा केही कमी आएको राजनीतिक विश्लेषकहरुको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्