डेनियल्स पक्राउ



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनैतिक सम्बन्धलाई लिएर अदालतमा संघर्ष गरिरहेकी वयश्क चलचित्र स्टार स्टर्मी डेनियल्सलाई बुधबार गिरफ्तार गरिएको छ। एक ‘स्ट्रिप क्लब’ को प्रदर्शन गरिरहेका बेला पक्राउ परेकोमा उनका वकिलले यसलाई राजनीतिबाट प्रेरित रहको बताएका छन्। डेनियल्सलाई आहायोको कोलम्बसस्थित उक्त क्लबमा पक्राउ गरिएको हो।

अमेरिकाका करिब १ सय स्ट्रिप क्लबमा प्रदर्शन भइसकको कला नै उनले देखाएको वकिल माइकल अवेनाटीले ट्विटरमा उल्लेख गरेका छन्। एक जना ग्राहकलाई मञ्चमै छँदा गैरयौनिकरूपमा आफूलाई छुन दिएको आरोपमा डेनियल्सलाई गिरफ्तार गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्