आँशुमा डुब्यो इंग्ल्यान्ड



मस्को, (एजेन्सी)
बुधबार राति विश्वकपको सेमिफाइनलमा क्रोएसियाले इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्यो। हारसँगै खेल हेर्न रसिया पुगेका करिब १० हजार इंग्लिस समर्थक आँशुमा डुबे। २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको इंग्ल्यान्डले फाइनलमा प्रवेश गर्ने आशा समर्थकमा थियो। तर खेलको १ सय १९औं मिनेटमा मान्डुजुकिचले गोल गर्दै क्रोएयिसालाई २–१ को अग्रता दिलाए। उक्त गोलले नै इंग्ल्यान्डको ५२ वर्षपछि विश्वकपको फाइनल खेल्ने सपनामाथि तुषारापात गरिदियो। त्यसपछि भने इंग्लिस फ्यानले आँशु थाम्न सकेनन्। स्डेडियममा मात्रै होइन पुरै इंग्ल्यान्ड आँशुमा डुबेको छ। इंग्लिस मिडियामा समेत हारको पीडा प्रस्ट देखिन्छ।

प्रतिक्रिया दिनुहोस्