‘हामी नथाकेको पुष्टि गर्यौं’– लुका मोड्रिच



बुधबार इंग्ल्यान्डविरुद्धको जितपछि क्रोएसियाका कप्तान लुका मोड्रिचले आफूहरूलाई कमजोर मँन्नेहरू गलत सावित भएको बताएका छन्।

यसअघि इंग्लिस मिडियाले क्रोएसियालाई कमजोर मानेको उनले बताए। सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएपछि मोड्रिचले कमजोर मान्नेलाई क्रोएसियाले जवाफ दिएको बताएका हुन्। धेरैले क्रोएसियालाई इंग्ल्यान्डले हराउने अनुमान गरेका थिए, तर ती सबै अनुमानलाई गलत सावित गर्दै क्रोएसियाले इतिहासमै पहिलोपटक फाइनलमा स्थान बनायो।

‘इंग्लिस मिडिया र फुटबल पण्डितहरूले हामीलाई कमजोर आँकेका थिए। तर हामीले आफैंलाई प्रमाणित गर्यौं। हामी थाकेका छैनांै भन्ने पुष्टि पनि हामीले गर्यांै’ –उनले भने। क्रोएसियाले आइतबार फाइनलमा फ्रान्ससँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्