शक्तिको घमण्ड नगर्न प्रधानमन्त्रीलाई कांग्रेस सांसद् गिरीको चेतावनी



गंगा बराल, काठमाडौं ।
नेपाली कांग्रेसका सांसद् प्रदीप गिरीले संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट बिनाकारण फकाईएकोमा आपत्ति जनाउनुभयो ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले सरकारको गतिविधिबारे गुनासो गर्नुभयो । कोइरालाले नेपाल मानवअधिकार आयोगमा पनि ‘मेरो अपमान भएको’ भनी निवेदन दिएको गिरीले जनाउनुभयो । गिरीले प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री भएकाले त्यो शक्तिको दुरुपयोग नगर्न आग्रह गर्नुभयो ।

गिरीले भूलवश रुपमा झुक्किएर कोइरालामाथि दुव्र्यवहार गरिएको भए पनि त्यो विषय जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । नेकपाका सांसद् अमनलाल मोदीले सरकारले पछिल्लो समयमा आफ्नो जिम्मेवारी निर्वाह नगरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै मोदीले गत वर्ष मोरङमा आएको बाढीले जनधनको क्षति भएको र अझैपनि पीडितले राहत नपाएकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले समयमा तयारी नगरेर विपत परेका बेलामा पनि हतार गर्नु सरकारको कमजोरी भएको बताउनुभयो । बैठकमा विशेष समय र शून्य समयमा सांसद्हरुले समसामयिक विषयमा धारणा राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्