अलैँचीको विरुवाले बजार नपाएपछि किसान निरास



नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङमा अलैँचीको विरुवाले बजार नपाएको किसानको गुनासो गरेका छन् । आफूले उत्पादन गरेका अलैँचीका विरुवाहरू बिक्री नहुँदा किसानहरू चिन्तित बनेका छन् ।

पाँच वर्ष अघिसम्म अलँैचीको विरुवा कमी हुने लमजुङमा यस वर्ष भने लमजुङकै कृषकले केही वर्ष अघिसम्म अलैँचीको मुल्य उकासिएसंँगै किसानहरुले खेतवारी नै मासेर अलैँची खेती थालेका थिए । करिब ५० रोपनी क्षेत्रफलमा बनाइएको ग्रिन हाउसमा करिब ८ लाख बिरुवा हुर्किएका छन् ।

क्होलासोंथर गाउँपालिका– ८ घाम्राङका ईश्वर गुरुङले पनि १५ रोपनी क्षेत्रफलमा अलैंचीको नर्सरी जमाएका छन् तर खेतबारी मासरे अलंैची नर्सरी जमाएका गुरुङलाई अहिले आफ्नो अलैचींको नर्सरी टाउको दुखाइको विषय बनेको बताउनु हुन्छ । उहाँले भन्नुभयो ‘गतवर्ष २ लाख विरुवा विक्री गरेका गुरुङको यसवर्ष भने अहिलेसम्म विक्री भएको छैन ।’

बिरुवा बिक्री नहुँदा यतिबेला किसान निराश बनेको मस्र्याङ्दी गाउँपालिका– ७ भुलभुलेको शेरा अलैंची नर्सरी फर्मका किसान केशलाल तामाङ बताउनु हुन्छ । उहाँले भन्नुभयो ‘धान खेत मासेर बिरुवा जमाएका हौँ ।’,

उहाँ भन्नुहुन्छ ‘बिरुवा हुर्किएर नर्सरीमा फूल फुलेर दाना लागिसक्यो, बिक्री नहुँदा निरास छौं ।’ उहाँसँगै उक्त गाउँका ९ जना किसान मिलेर नर्सरी स्थापना गरेका हुन् । ग्रिन हाउस नर्सरीमा ३१ किलो बिउ उमारिएको किसान इन्द्रप्रसाद तामाङले बताउनु भयो । उहाँले भन्नुभयो ‘एक केजी बिउबाट ८० हजार बिरुवा उम्रन्छ, ३१ किलो बिउबाट २० देखि २४ लाखसम्म बिरुवा तयार हुन्छ ।’, ग्रिन हाउसमा रामशाही, गाले शाही, भलार्ङं गे, डम्बरशाही, जिर्मले, साउन्ने जातका बिरुवा उत्पादन गरिएको तामाङले बताउनु भयो ।

जिल्लामा २० लाख अलैंचीका विरुवा उत्पादन भएको र हालसम्म ५ लाख मात्र विरुवा विक्री भएको नेपाल अलैची व्यवसायी महासंघ लमजुङका अध्यक्ष एवम् प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलंैची जोन सञ्चालक समितिका जिल्ला संयोजक अजय तामाङले बताउनु भयो । उहाँका अनुसार माग कम तर, बिरुवा उत्पादन धेरै भएकाले बिक्रीमा समस्या भएको हो ।

अलैंची विक्री नहुनुको मुख्य कारण मुल्यमा ४ गुणाले गिरावट आएसँगै किसानको अलंैची खेतीप्रति मनोबल घट्नु रहेको तामाङ बताउनु हुन्छ । उहाँका अनुसार किसानले उत्पादन गरेको अलैंचीले उचीत मुल्य पाउँदा किसानको अलैंची खेतीतर्फको आर्कषण समेत घटेको छ । गतवर्ष लमजुङमा अलैंची नर्सरीबाट यहाँका किसानले २५ लाख विरुवा विक्री गरी २ करोड ५ लाख रुपैया आम्दानी गरेका थिए ।

जिल्लामा सबै जातको अलैँचीको प्रति विरुवा ८ रुपैयाँ निर्धारण गरिएको छ । ३२ महिना पुरा भएको नर्सरी विरुवाको मुल्य ८ रुपैया निर्धारण गरिएको हो ।

क्होलासोंथर गाउँपालिका– ८ घाम्राङका किसान मखनबहादुर गुरुङले बिरुवा बिक्री नहुँदा किसानहरु निराश भएको बताए । गुरुङका अनुसार गाउँका कसैको पनि बिरुवा बिक्री भएका छैनन् ।

जिल्लामा ९ सय ५० हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्