वर्षाले उपत्यका डुबानमाः एकै परिवारका ३ जनाको ज्यान गयो, सडक जलमग्न (फोटोफिचर)



नेपाल समाचारपत्र, काठमाडौँ ।

लगातारको अबिरल वर्षाले उपत्यकाको काठमाडौँ र भक्तपुरका विभिन्न स्थान डुबानमा परेको छ । वर्षाका कारण माटोको ढिस्को खस्दा भक्तपुरमा एकै घरका तीन जनाको समेत मृत्यु भएको छ ।

भक्तपुर जिल्लाको मध्य भाग भएर बग्ने हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाका विभिन्न वडाहरु डुबानमा परेका हुन्।

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुर नगरपालिकाको च्यामासिह, जगाती, हनुमानघाट, भेलुखेल, सल्लाघारी क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण डुबान भएपछि भक्तपुर क्षेत्रमा सवारी चाप बढेको छ ।

हनुमन्ते खोलाको बाढी पसेका कारण भक्तपुरको सल्लाघारी, राधेराधे, सिर्जनानगर लगायतका क्षेत्र डुबानमा परेका छन् ।

सडक डुबेका कारण राधेराधेबाट जगातीतर्फ चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गरेर गन्तव्य तर्फ पठाइएको छ ।

यसैगरि बर्षाका कारण कोटेश्वर–भक्तपुर सडकमा चल्ने गाडीहरुलाई पेप्सीकोलाबाट डाइभर्सन गरिएको छ । उक्त गाडीहरुलाई पेप्सिकोला, पुरानो ठिमी हुँदै सल्लाघारीतर्फ पठाइएको छ ।

साना सवारी साधनहरुलाई भने गठ्ठाघरबाट डाइभर्ट गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तस्विरः अनिल आङदेम्बे, काठमाडौँ ।

प्रतिक्रिया दिनुहोस्