पुनम पाण्डेले विश्वकप फाइनल नेपालीसँग हेर्ने



पटक–पटक विवादास्पद भनाइ तथा नग्न र अर्धनग्न तस्वीर तथा भिडियो सार्वजनिक गरेर सदा चर्चामा रहने बलिउड मोडल तथा अभिनेतृ पुनम पाण्डेले वल्र्डकप फुटबलको फाइनल खेल नेपाली फ्यानसँग बसेर हेर्ने भएकी छिन्।

उनी यसका लागि नेपाल आउने भएकी छिन्। पुनमले दरबारमार्गस्थित क्लब डिजाभुमा जम्मा भएका नेपाली फुटबलप्रेमीका साथ विश्वकप फुटबलको फाइनल खेल हेर्ने भएकी हुन्। फुटबलको फाइनल खेल हेर्न आफू नेपाल आउन लागेको र नेपालीलाई त्यहीं भेट्ने एक भिडियो सन्देशमा उनले उल्लेख गरेकी छिन्।

नेपाल र नेपालीलाई माया गर्ने उल्लेख गर्दै आफूले सपोर्ट गरेको टिमले विश्वकप जिते नेपाली दर्शकका लागि सप्राइज दिनेसमेत पुनमले भिडियोमा बताएकी छिन्। हट मोडलका रूपमा भारतलगायतका देशमा परिचित पाण्डे बेला–बेलामा नग्नता प्रदर्शन गर्दै विवादमा समेत आउने गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्