निर्देशनैनिर्देशन



धरहरा चुप्प लागेर बस्ने मन राख्दाराख्दै सरकारको बानी नफेरिएपछि फेरि कराउन बाध्य भएको छ । कम्युनिस्ट सरकारले कमसेकम काम पनि त कम्युनिस्ट जस्तै गर्नु नि भन्या । सरकारले निर्देशन दिने काममा उल्लेखनीय प्रगति गरेको धरहराले निष्कर्ष निकालेको छ ।

काठमाडौं उपत्यकाभित्र देखिएका खाल्डा तत्काल पुर्ने भनेर केपी बाजेले केहि कर्मचारीलाई पाठ पढाए । पाठ सोह्र दुने आठ हुने निश्चित रहेको धरहराको पूर्वानुमान छ ।

विगतमा पनि प्रधानमन्त्री, मन्त्रीले खुबै निर्देशन दिन्थे । तर, काम भने चिलिम च्वाँट नै हुन्थ्यो । देखिने गरी काम नगर्ने तर, निर्देशन मात्रै दिने सरकारको बानी पुरानै हो । धरहरा सरकारको निर्देशन सुनिसुनी वाक्कदिक्क परेको छ । कमसेकम काम त गर्नु नि ।

सरकारी काम कहिले जाला घाम भने झैं कर्मचारीले सरकारका कथा सुन्नेबाहेक उपलब्धी केहि हासिल गर्न नसकेको देखेर धरहरा तिनछक परेको छ । काम गरेर देखाएपछि कुरा सुन्नै पर्दैन । त्यसैले कुराभन्दा काम देखाउन सरकारलाई धरहराको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्