चीन: अभियन्तालाई संजाय



बेइजिंग,(एजेन्सी)
चीनका चर्चित प्रजातन्त्र हिमायती अभियन्ता मध्ये एक ६४ वर्षिय क्विन योंगमिन राष्ट्रघाती गरेको अभियोगमा बुधवार १३ वर्ष लामो कारावास संजाय सुनाइएको छ ।

उनले यसअघि नै २२ वर्ष कैद भुक्तान गरिसकेका छन् । मानव अधिकारवादी वकिल लिन क्विलेइले क्विनले मुद्धा सुनुवाई हुन्जेल चुपचाप बसेर अदालतलाई अस्विकार गरेको एएफपि समाचार निकायलाई बताएका छन् । मध्य चीनको वुहान नगर मध्यम जन अदालतले उनी विरुद्ध सो संजाय सुनाएको हो । प्रजातन्त्र र मानव अधिकारका लागि आवाज उठाएकाले उनलाई संजाद दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्