जापान: नर्सको सनक



टोक्यो (एजेन्सी)
जापानमा एक नर्सको सनकले २० जनाको ज्यान लिएको छ । ती महिला नर्ससले विरामीलाई मार्न ड्रिपमा विषादी रसायन मिलाएका थिए , जसले उनीहरुको मृत्यु भएको थियो । ३१ बर्षिय अयुमी कुबोकीलाई शनिबार ८८ बर्षिय विरामीको हत्याको आरोपमा पक्राउ गरिएको छ ।

यो हत्या उनले सन् २०१६ मा टोक्योको एक अस्पतालमा गरेकी थिइन् । तर अहिलेसम्म सम्भवत २० जनाको हत्या गरेको प्रहरीलाई उनले बताएकी छिन् । कुबोकीले ती ८८ बर्षिय विरामीको ड्रिपमा किटनासक औषधी हालेकी थिइन् । अन्य करिब २० विरामीको ड्रिपमा पनि किटनाशक हालेको उनले बताइन् । विरामीसँग कुनै शत्रुता भएको उनले स्विकारेकी छैन ।

प्रतिक्रिया दिनुहोस्