भारत: छात्रा बन्धक



नयाँ दिल्ली,(एजेन्सी)
भारतको राजधानी नयाँ दिल्लीको चाँदनी चोकस्थित एक बिद्यालय प्रशासनले शुल्क नतिरेको निहुँमा पचासजना छात्रालाई बिद्यालयमै बन्धक बनाएको प्रहरीले जनाएको छ ।

अभिभावकले तिनीहरुकोे समयमै शुल्क नतिरेका कारण सजायस्वरुप यसरी बन्धक बनाइएको भारतीय संचार माध्यमले सार्वजनिक गरेको छ । तिनीहरुलाई बिद्यालय भवनको भूँइतलामुनिको बेसमेन्टमा करिब पाँच घन्टा बन्धक बनाएको थियो ।

राबिया गल्र्स पब्लिक स्कुलमा अध्ययनरत विद्यार्थीका अभिभावकले बिहान साढे सात बजेदेखि छात्राहरुलाई बन्दक बनाइएको आरोप लगाएका छन् । खाना र पानीसमेत नदिई पाँच घण्टासम्म तिनीहरुलाई बन्धक बनाइएको अभिभावकको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्